बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • फुटबल
  • अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा

अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा

  • बिहिबार, मंसिर १५, २०७९
अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा

पोल्याण्डलाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना कतार विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० ले पराजित गरेको हो । कतारको स्टेडिय ९७४ मा भएको खेलमा अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल गरे ।

यो खेलमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी पेनाल्टीमा चुकेका थिए । खेलको ३९ औं मिनेटमा मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका हुन् । खेलको ४६ औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।
दोस्रो गोल खेलको ६७ औं मिनेटमा अल्भारेजले गरेका थिए । यो जितसँगै अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अर्जेन्टिनाले ३ खेलमा ६ अंक जोडेको छ । चार अंक बनाएको पोल्याण्ड उपविजेता बन्दै नकआउट चरण प्रवेश गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार