शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • विद्यार्थी नेता अयडीको हत्या आरोपमा थप २ जना पक्राउ

विद्यार्थी नेता अयडीको हत्या आरोपमा थप २ जना पक्राउ

  • बुधबार, मंसिर १४, २०७९
विद्यार्थी नेता अयडीको हत्या आरोपमा थप  २ जना पक्राउ

बाजुरा– बाजुराको त्रिवेणी नगरपालिका ७ मालाकोट बस्ने ३२ वर्षीय चेतन दिप अयडीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा मंगलबार थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ। बाजुरा प्रहरीका अनुसार मंगलबार थप दुइ जनालाइ पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएकाे जनाएकाे छ।

दुइ जनालाइ गत बिहीबार पक्राउ गरेकाे प्रहरीले म‌गलबार थप दुइ जना पक्राउ गरी थप अनुसंन्धान कार्य भइ रहेकाे जनाएकाे छ । चेतनका आफन्तले २२ जनाका नाममा किटानी जाहेरी गरेका छन ।

गत मंसिर ४ गते मतदान गरी घर फर्किने क्रममा सोही नगरपालिका बाजपानीमा कुटपिट हुँदा गम्भीर घाइते भएका ऐडीको उपचारकाे क्रममा अस्पताल बयलपाटा लिने क्रममा बाटाेमा मृत्यु भएको थियो।

चर्चामा

सम्बन्धित समाचार