मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा गर्भवती तथा सुत्केरी आमा र बच्चा बचाउदै डा. जस्मिता

बाजुरामा गर्भवती तथा सुत्केरी आमा र बच्चा बचाउदै डा. जस्मिता

२८ जना गर्भवती आमाको सफल अप्रेसन

  • मङ्लबार, मंसिर १३, २०७९
बाजुरामा गर्भवती तथा सुत्केरी आमा र बच्चा बचाउदै डा. जस्मिता

टेक बहादुर बुढा–जिल्ला अस्पताल बाजुरामा कार्यरत महिला चिकित्सक डा. जस्मिता बलमपाकी बाजुराका गर्भवती महिला र आमाको ज्यान बचाइरहेकि छन् । जिल्ला अस्पताल बाजुरामा जस्मिताले गत बैशाख महिना देखी आकस्मिक प्रस्तुती सेवा दिइरहेकि छन् ।
जस्मिताले बाजुरा अस्पतालमा २८ जना गर्भवती आमाको सफल अप्रेसन गरेकि छन् । सुत्केरी हुन नसकेकी गर्भवती महिलालाई अप्रेसन मार्फत सुत्केरी गराएकि छन् । उनले गरेका अप्रेसन सबै सफल भएको र नवजात शिशु पनि सकुसल जन्मेको अस्पताल बाजुराले जनाएको छ ।
डा. जस्मिता स्वास्थ्य मन्त्रालयको सहकार्यमा निक साइमन्स इन्स्टिच्युटलले NIS (Nick simons Institute) जिल्ला अस्पताल बाजुरामा पठाएको हो । बाजुरा अस्पतालमा पुरुष चिकित्सक मार्फत गर्भवती महिलाको अप्रेसन गर्ने गरिएको थियो । डा. जस्मिता आइसकेपछि अस्पतालमा महिला चिकित्सक बाट अप्रेसन हुदा गर्भवती महिलालाई निकै सहज हुदै आएको छ ।
पुरुष चिकित्सक हुदा महिलाहरु खुलेर बोल्न सक्दैनन्, महिला चिकित्सक हुदा गर्भवती महिला खुलेर समस्या राख्ने गरेको अस्पतालमा कार्यरत स्टाफ नर्स विमला ओलीले वताईन् । पुरुष चिकित्सले अप्रेसन गर्न खोज्दा महिला राम्रो सँग नखुल्ने गरेको तर महिला चिकित्सक हुदा सहज रुपमा खुलेर आफ्ना कुरा राख्ने गरेको ओलीले वताईन् ।
आकस्मिक प्रसुती सेवा मात्र नभई अस्पताल बाजुरामा महिला चिकित्सकको सेवा प्रभाबकारी बन्दै आएको छ । बर्षौदेखी रोग पालिरहेका महिलाले अहिले खुलेर उपचार आउने गरेको अस्पतालले जनाएको छ । डा. जस्मिताले अस्पतालमा मानसिक समस्या परेकालाई पनि परामर्श सेवा दिदै आइरहेको छन् ।
डा. जस्मिता बलमपाकीले जिल्ला अस्पताल बाजुरा भन्दा पहिला बाजुराको जगन्नाथ गाउँपालिका र गौमुल गाउँपालिकामा समेत सेवा दिइसकेको वताईन् । डा. जस्मिता २ बर्ष देखी दुर्गमका बिरामीको सेवा दिनमा ब्यस्त छिन् । दुर्गममा चिकित्सक नबस्ने समचार आइरहँदा बलमपाकी भने बाजुराको दुर्गम ठाउँमा सेवा दिइरहेकि छन् ।
जस्मिता भन्छन्, म पैसा भन्दा पनि सेवा गर्नुपर्छ भन्ने भावनाले दुर्गममा सेवा दिन आएको वताउँछन् । पहिला किताबमा दुर्गमका समस्या र कथा ब्यथाका बारेमा पढने गरेको थिए, त्यहि भएर पनि यहाँ सेवा गर्न पुगेको उनले वताईन् । आफ्नो पहिलो एउटै लक्ष्य थियो, दुर्गममा आर्थिक अभाबमा सेवा नपाएका बिरामीको उपचारका लागि पुग्नु थियो, त्यहि अनुुसार पहिलो रोजाई बाजुरा बनेको वताईन् ।
उपचार सँगै बिरामीलाई परामर्श दिदा सेवा नै प्रभाबकारी हुुने हुुँदा पनि अहिले सम्म आउने बिरामी सबै सन्तृष्ट भएर जाने गरेको जस्मिताले वताईन् । धेरै बिरामी सञ्चो भएर खुशी भएर जान्छन्, त्यहि नै मेरो कमाइ र सम्पत्ति भएको बताउँछन् ।
जस्मिताले जिल्ला अस्पताल बाजुरामा आकस्मिक प्रसुति सेवा मात्र नभइ दैनिक २५ भन्दा बढि बिरामीको उपचार गर्ने गरेकी छन् । धेरै जसो पेट दुखेको बिरामी, महिलाको पाठेघर सम्बन्धि समस्या, चिलाउने, प्रजनन स्वास्थ्य सम्बन्धि समस्या ल्याएर आउने गरेको उनले वताईन् । महिलाहरु शुरुमा रोग लुगाउने गरेका छन्, बिस्तारै परामर्श दिदै जाँदा समस्याका बारेमा खुल्ने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार