शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • आईएनएफ नेपाल बाजुराले मनायो ७० औँ स्थापना दिवस

आईएनएफ नेपाल बाजुराले मनायो ७० औँ स्थापना दिवस

  • मङ्लबार, मंसिर १३, २०७९
आईएनएफ नेपाल बाजुराले मनायो ७० औँ स्थापना दिवस

बाजुरा — आईएनएफ नेपाल बाजुरा शाखाले आफ्नो संस्थाको ७० औँ स्थापना दिवस मनाएको छ । सदरमुकाम मार्तडी स्थित डि एण्ड डी होटलमा एक कार्यक्रमका बिच स्थापना दिवस मनाएको हो ।
बि.स. २०६९ साल देखी बाजुरामा काम गर्दै आएको आईएनएफ बाजुराले जिल्लामा जिवकोपार्जन, सरसफाई लागयतका कार्यहरु गर्दै आएको छ । संस्थाले हिमाली गाउँपालिकाबाट सुरु गरेका परियोजनाहरु हाल हिमाली गाउँपालिका स्वामिकार्तिक खापर गाउँपालिका बुढिनन्दा नगरपालिका बडिमालिका नगरपालिका र गौमुल गाउँपालिकामा स्वास्थ्य सरसफाई र। जिवीकोपार्जन लगायतका परियोजना संचालन गर्दै आएको छ ।

No description available.
संस्थाको बार्षिकउत्सवको अवसरमा यस अघि पोखरा, सुर्खेत लगायतका ठाउँमा मनाईसकेको जनाएको छ । आईएनएफ नेपाल बाजुराका निमित्त परियोजना संयोजक खेमराज मिश्रको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि गौमुल गाउँपालिकाका अध्यक्ष हरी बहादुर रोकाया रहेका थिए । कार्यक्रमको बिषिष्ठ अतिथि गौमुख गाउँपालिका उपाअध्यक्ष सिता थापा रहेकी थिइन् । कार्यक्रममा गौमुल गाउँपालिका सबै वडा अध्यक्ष पत्रकार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको स्वागत आईएनएफ नेपाल बाजुराका परियोजना अधिकृत राजेश राईले गरेका थिय । कार्यक्रमको स्वागत संगै बाजुरामा हाल सम्म गरिएका कार्यहरु र आगमी दिनमा गर्ने कार्यक्रमका बारेमा समेत जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका गौमुल गाउँपालिकाका अध्यक्ष हरी बहादुर रोकायाले आईएनएफ नेपाल बाजुराले गर्दै आएका कार्यहरु उपलब्धी मुलक रहेकोले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन संस्थालाई सुझाव दिएका छन । संस्थाले हरेका कार्यहरु गाउँपालिकासंगको समन्वयमा अझ प्रभावकारी रुपमा लाग्न गाउँपालिकाले सधै सहयोग गर्ने बताएका छन ।
त्यसै गरी गाउँपालिकाकी उपाअध्यक्ष सिता थापाले संस्थाले गर्ने कार्यहरुको समन्वयका साथै एकद्धार प्रणालीमा जादा गाउँपालिका र संस्थाको उदेस्य र हितमा हुने भएकोले थप सहयोग समन्वय गरी अगाडी बढ्नुपर्ने बताएकी छन ।

चर्चामा

सम्बन्धित समाचार