शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बाजुरा घटनाको छानबिन गर्न मानव अधिकार आयोगको टोलि बाजुरा आउदै

बाजुरा घटनाको छानबिन गर्न मानव अधिकार आयोगको टोलि बाजुरा आउदै

  • शुक्रबार, मंसिर ९, २०७९
बाजुरा घटनाको छानबिन गर्न मानव अधिकार आयोगको टोलि बाजुरा आउदै

बाजुरा–राष्ट्रिय मानव अधिकार आयोगले बाजुरा घटनाको सम्बन्धमा अनुसन्धान सुरू गरेको छ । घटना छानबिनका लागि आयोगको टोलि बाजुरा आउने भएको छ । शुक्रबार आयोग आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति निकालेर मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचनको क्रममा २ जनाको मृत्यु भएको घटनाबारे अनुसन्धान सुरू गरेको जनाएको छ ।
उक्त घटनाबारे स्थलगत छानबिन तथा अनुसन्धान गर्न आयोगका उपसचिवको नेतृत्वमा केन्द्रीय कार्यालयका अधिकृत सम्मिलित एक टोली जिल्लातर्फ खटिएको आयोगले जनाएको छ ।
साथै उक्त घटनाबारे आवश्यक सहयोग गरिदिन स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनितिक दलहरू, नागरिक समाज, मानव अधिकारकर्मी, पीडित तथा पीडित परिवार र सर्वसाधारणसँग आयोगले अनुरोध गरेको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार