शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • समानुपातिकमा एमालेको ६ लाख २७ हजार, एकीकृत समाजवादीको ४० हजार

समानुपातिकमा एमालेको ६ लाख २७ हजार, एकीकृत समाजवादीको ४० हजार

  • बिहिबार, मंसिर ८, २०७९
समानुपातिकमा एमालेको ६ लाख २७ हजार, एकीकृत समाजवादीको ४० हजार

काठमाडौं – नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन पद्धतितर्फ ६ लाख मत कटाएको छ ।

निर्वाचन आयोगले विहीबार अपरान्ह अपडेट गरेको मत परिणाम अनुसार एमालेले ६ लाख २७ हजार मत पाएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५ लाख ९२ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ लाख १६ हजार, नेकपा माओवादी केन्द्रले २ लाख ८४ हजार मत पाएको छ ।

त्यस्तै राप्रपाले १ लाख ७१ हजार, जनता समाजवादी पार्टीले ७६ हजार, नेपाल मजदुर किसान पार्टीले ५१ हजार, जनमत पार्टीले ५० हजार, नागरिक उन्मुक्ति पार्टीले ४९ हजार र एकीकृत समाजवादीले ४१ हजार मत पाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार