शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • घरको खटिया तल लुकेका घाइते चेतनलाइ तानेर कुट्पिट गरेर बिभत्स हत्या गरे

घरको खटिया तल लुकेका घाइते चेतनलाइ तानेर कुट्पिट गरेर बिभत्स हत्या गरे

  • मङ्लबार, मंसिर ६, २०७९
घरको खटिया तल लुकेका घाइते चेतनलाइ तानेर कुट्पिट गरेर बिभत्स हत्या गरे

बाजुरा–त्रिवणी नगरपालिका ७ बस्ने ३२ बर्षिय चेतन अयडिलाइ आफ्नै घरको खटियामा लुकेको अबस्था तानेर कुटपिट बाट हत्या भएको हो । करिब ५ बजे पहिलो पटक कुटपिट बाट घाइते भएका अयडि घरमा खटिया तल लुकेको थिए । काँग्रेस कार्यकर्ताले घर पुरै खानतलासि गरेर खटिया तल लुकेको भेटाएका थिए ।
खटिया तल बाट तानेर अन्दाजी साँझ साढे सात बजे घर बाहिर ल्याएर बिभत्स तरिकाले कुटपिट गरेर हत्या गरेका थिए । बडिमालिका खबरलाइ एक स्रोतले उपलब्ध गराएको भिडियोमा दिउसोको कुटपिट देखी घर भित्र लुकेको, घर बाहिर ल्याएर कुटपिट गरेको भिडियोमा प्रस्ट देखिन्छ । बडिमालिका खबरको स्थलगत रिपोटिङ्गमा एक स्रोतले घर भित्र बाटेर तानेर बाहिर कुटपिट गरेको जनाएको थियो ।
घर भित्र लुकाइराखेको अबस्था पनि चेतनालाइ घर भित्र खोजतलास गरेका थिए । खटिया तल लुकेको अबस्थामा चेतनालाइ पाएका थिए । उनले हात जोड्दा पनि उनलाइ घिसारेर बाहिर ल्याएर भाटा र ढुगां प्रहार गरेर कुटपिट गरेको भिडियोमा देखिएको छ । चेतनलाइ मराणसम्म अबस्था फालेपछि छोडेर गएका थिए । उनको शास मात्र रहेको थियो, तत्काल उद्धार हुन सकेन धेरैपछि अछामको बयलपाटा अस्पतालमा लग्दा बाटोमै चेतनको मृत्यु भएको आफन्तले वताएका छन् ।
५ बजेतिर काँग्रेस कार्यकर्ताले उनलाइ घर जानेबेला बाटोमा लखेटेर कुट्पिट गरेका थिए । पहिलो कुटपिट पछि उनि हिडेर घर पुगेका थिए । घरमा फेरि आक्रमण गर्न सक्ने भन्दै उनि घरको खटिया तल लुकेका थिए । फेरि साँझ एक समुह गएर घर भित्र बाट बाहिर ल्याएर कुटपिट गरेका थिए । तर जिल्ला प्रशासन कार्यलय बाजुराले निकालेको बिज्ञप्तिमा भने घर फिर्ता हुने बेला भिड कुटपिट गरेको जनाएको छ । तर त्यो बिज्ञप्ति भन्दा घटना भने फरक भएको देखिन्छ ।
चेतनको हत्यामा संलग्न भन्दै २२ जना बिरुद्ध जिल्ला प्रहरी कार्यलय बाजुरामा किटानी जाहेरी गरेको छ । उनको शव बयलपाटा अस्पतालमा रहेको छ । बाजुराको त्रिवेणी नगरपालिका ७ स्थित नाटेश्वरी आधारभुक्त मदतानस्थल भएको विवादलाइ लिएर चेतन सहित २ जनाको मृत्यु भएको हो ।
काँग्रेसका एक कार्यकर्ताले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले गोली चलाएको थियो । मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर सञ्जिव अयडीको मृत्यु भएको थियो । सञ्जिवको छातिमा गोलि लागेर घटना स्थलमै मृत्यु भएको थियो ।
मतदान केन्द्रमा भएको झडपमा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तनि जना घाइते भएका थिए । घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याया र खडक अयडी छन् । प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीका अनुसार शव उठाउनका लागि पहल भइरहेको आजै निकास आउने वताएको छ ।
चेतनाको हत्यामा संलग्नलाई प्रक्राउ गरि निष्पक्ष छानबिनको माग गर्दै अनेरास्वीयु बाजुराले बाजुरा बन्द गरेका छन् । बजार, शैक्षिक संस्था, यातायात पसल सोमबार बाट बाजुरा बन्द गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार