बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • समाज
  • अझै उठेनन् चेतन र सञ्जिबको शव

अझै उठेनन् चेतन र सञ्जिबको शव

  • मङ्लबार, मंसिर ६, २०७९
अझै उठेनन् चेतन र सञ्जिबको शव

बाजुरा–बाजुराको त्रिवेणी नगरपालिका ७ स्थित नाटेश्वरी आधारभुक्त मदतानस्थल भएको विवादमा मृत्यु भएका दुइजना शव अझै उठेको छैन् ।
त्रिवेणी ७ का सञ्जिव अयडी र चेतन अयडि दुबैको शव उठन नसकेको हो । मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर सञ्जिव अयडीको मृत्यु भएको थियो । सञ्जिवको शव नाटेश्वरी आधारभुक्त बिद्यालय नै रहेको छ ।
अनेरास्वीयुका नेता चेतन अयडिको शव भने बयलपाटा अस्पतालको शवगृहमा रहेको छ । चेतनलाइ काँग्रेस कार्यकर्ताले ४ गते साँझ बिभत्स तरिकाले कुटपिट गरेका थिए । उपचारको क्रममा अछामको बयलपाटा अस्पतालमा लिने क्रममा चेतनको बाटोमा मृत्यु भएको छ ।
काँग्रेसका एक कार्यकर्ताले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले गोली चलाएको थियो । सञ्जिवको छातिमा गोलि लागेर घटना स्थलमै मृत्यु भएको थियो । सञ्जिवको मृत्युपछि आवेगमा आएका काँग्रेस कार्यकर्ताले चेतनलाइ घरमा गएर कुटपिट गरेका थिए ।
मतदान केन्द्रमा भएको झडपमा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तनि जना घाइते भएका थिए । घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याया र खडक अयडी छन् । प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीका अनुसार शव उठाउनका लागि पहल भइरहेको आजै निकास आउने वताएको छ । उता चेतनको हत्यामा संलग्न भएका ब्यक्तिहरुको किटानी जाहेरी रहेको चेतनका बुवा गगन अयडिले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार