बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको त्रिवेणी-७ मा भएको घटनाबारे बाेल्याे प्रशासन ( बिज्ञप्ती सहित )

बाजुराको त्रिवेणी-७ मा भएको घटनाबारे बाेल्याे प्रशासन ( बिज्ञप्ती सहित )

  • सोमवार, मंसिर ५, २०७९
बाजुराको त्रिवेणी-७ मा  भएको  घटनाबारे  बाेल्याे प्रशासन ( बिज्ञप्ती सहित )

बाजुरा — त्रिबेणी नगरपालिका वडा ७ मा भएको घटनाबारे जिल्ला प्रशासन कार्यालय बाजुराले बिज्ञप्ती जारी गरेको छ । त्रिबेणी नगरपालिका ७ नाटेश्वरी आधारभुत बिध्यालय खिरपाटामा काँग्रेस र एमाले कार्यक्रता बिच झडप हुदाँ प्रहरी समेत घाईते भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर बिष्टको हस्ताक्षेरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ । सोही क्रममा सुरक्षाकर्मीको हतियार समेत खोसी मतपेटीकामा समेत आक्रमण हुदा आत्मरक्षाका लागि सुरक्षाकर्मीले गोली चलाएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
स्थिती नियन्त्रणमा लिन खोज्दा एक जनालाई गोली लागेर मृत्यु हुन गएको र २ जना घाईते भएको सो बिज्ञप्तीमा उल्लेख गरिएको छ । सोही घटनामा परि २ जना प्रहरी समेत घाईते र दुई जना स्थानिय घाईते भई बयालपाटा अस्पताल लगिएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचारका लागि नेपालगंज पठाएको बिज्ञप्तीमा उल्लेख छ ।
त्यसै गरी बेलुकी ५ बजे सोही नगरपालिकाको मालकोट बस्ने चेतन अएडी मतदान गरी घर फर्किने क्रममा एक्कासी भिड जम्मा भई अएडीलाई कुटपिट गरी घाईते बनाएको हुदा निजलाई बयालपाटा अस्पताल लैजादै गर्दा बोटामै मृत्यु भएको जनाएको छ । अस्पताल पुर्याएका अएडीलाई अस्पतालले मृत घोषणा गरिसकेको उक्त बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्ति(2).jpg

चर्चामा

सम्बन्धित समाचार