मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • प्रदेश २
  • चितवनको ब्रह्मस्थानीमा मतदान स्थगित

चितवनको ब्रह्मस्थानीमा मतदान स्थगित

  • आइतवार, मंसिर ४, २०७९
चितवनको ब्रह्मस्थानीमा मतदान स्थगित

चितवन – चितवनको क्षेत्र नं. १ स्थित ब्रह्मस्थानी मतदान केन्द्रको बुथमा विप्लवका कार्यकर्ताले मतपेटिकामा आगो लगाउने प्रयासपछि मतदान स्थगित गरिएको छ ।

राप्ती नगरपालिका वडा नं. ८ मा विप्लवका कार्यकर्ताले आगो लगाउने प्रयासगरेपछि मतदान स्थगित गरिएको हो ।

निर्वाचन अधिकृत रेशमराज सिग्देलले स्थगित भएको खबर आएपछि आफू त्यसतर्फ गइरहेको अनलाइनखबरलाई बताए ।

मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले एक राउण्ड हवाइफायर समेत गरेको छ । अहिले सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार