बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • खेलकुद
  • अमेरिकामा गोली चल्दा तीन फुटबलर मारिए

अमेरिकामा गोली चल्दा तीन फुटबलर मारिए

  • मङ्लबार, कार्तिक २९, २०७९
अमेरिकामा गोली चल्दा तीन फुटबलर मारिए

युनिभर्सिटी अफ भर्जिनिया फुटबल टिमका तीन सदस्यलाई क्याम्पसमा गोली हानी हत्या गरिएको छ । आइतबार साँझ फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चल्दा अन्य दुई जना घाइते भएका छन् ।

युनिभर्सिटी क्याम्पसको पार्किङ ग्यारेजमा उनीहरुमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । एक संदिग्ध पक्राउ परेका छन् । प्रहरीले अनुसन्धान जारी राखेको छ ।

मारिनेहरूमा भर्जिनिया बीचका दोस्रो वर्षका विद्यार्थी डेभिन चन्डलर, फ्लोरिडाको मियामीका चौथो वर्षका विद्यार्थी डिसेन पेरी र रिच हिल, साउथ क्यारोलिनाका तेस्रो वर्षका विद्यार्थी लाभेल डेभिस रहेका छन्।

चर्चामा

सम्बन्धित समाचार