शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा एकदिने स्वास्थ्य शिबिर सम्पन्न

बाजुरामा एकदिने स्वास्थ्य शिबिर सम्पन्न

  • शुक्रबार, कार्तिक २५, २०७९
बाजुरामा एकदिने स्वास्थ्य शिबिर सम्पन्न

बाजुरा–जिल्ला अस्पताल बाजुरामा एकदिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ । लैङ्गिक हिंसामा परेका ब्यक्तिहरुलाइ लक्षित गरेर शिबिर सम्पन्न भएको अस्पताल बाजुराका डा. जस्मिता बलमपाकिले वताएकि छन् ।
UNFPA, आइपास नेपाल, CMC नेपाल तथा अस्पताल बाजुराको सहयोग तथा समन्वयमा शिबिर सम्पन्न भएको छ । मानसिक समस्या परेका ब्यक्तिको परिक्षण सँगै उपचार गरिएको हो । शिबिर बाट ३५ जना महिला १२ जना पुरुष र एकजना बालक गरि ४८ जनाले सेवा पाएको CMC नेपालकी मनोसामाजिक परामर्शकर्ता जानकी चन्दले वताएकि छन् ।
शिबिरमा नोभा अस्पताल धनगढीमा कार्यरत मानसिक रोग बिशेषज्ञ डा. राम प्रसाद लामीछानेले बिरामीको चेकजाँच तथा उपचार गरेका थिए । शिबिर लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्तर्गत सञ्चालन भएको हो ।

चर्चामा

सम्बन्धित समाचार