बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाचार
  • भूकम्प अपडेट : बझाङ कुन ठाउँमा के क्षेती भयाे ? चैनपुरबासी रोडको छेउमा आगो ताप्दै रात काटे

भूकम्प अपडेट : बझाङ कुन ठाउँमा के क्षेती भयाे ? चैनपुरबासी रोडको छेउमा आगो ताप्दै रात काटे

  • बुधबार, कार्तिक २३, २०७९
भूकम्प  अपडेट : बझाङ कुन ठाउँमा के क्षेती भयाे ? चैनपुरबासी रोडको छेउमा आगो ताप्दै रात काटे

अर्थ जङ शाही/ बझाङ — बझाङको सदरमुकाम चैनपुरमा भूकम्पको धक्का महसुस भएपछि मान्छेहरु डरले घर भित्र बाट रोडको छेउमा आएर आगो ताप्दै रात कटाइरहेका छन्।

खप्तड राष्ट्रिय निकुञ्ज आसपासलाई केन्द्र बनाएर बुधवार बिहान २ बजेर १२ मिनेटको आसपासमा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ६ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का सुदूरपश्चिम सहित भारतका जिल्लामा समेत महसुश गरिएको छ ।

No description available.

राती सुतिरहेको बेला ठूलो भूकम्प गएपछि त्रसित मानिसहरू घर बाहिर निस्केका थिए । हिजो मंगलबार पनि सुदुरपश्चिममा ५.७ भूकम्प गएको थियोे ।

बझाङ प्रहरीका अनुसार बझाङमा मानवीय क्षतिको खबर प्राप्त छैन । खप्तडछान्ना र मष्टा गाउँपालिकामा ४ वटा घर चर्किएको र सबैलाई सजक रहन आग्रह गरिएको जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार