शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • भारतका विभिन्न शहरमा सुनिए गजलकार कमल सङ्घर्ष

भारतका विभिन्न शहरमा सुनिए गजलकार कमल सङ्घर्ष

  • शनिबार, कार्तिक १९, २०७९
भारतका विभिन्न शहरमा सुनिए गजलकार कमल सङ्घर्ष

बाजुरा — गजलकार कमल सङ्घर्षको गजल वाचन कार्यक्रम भारतका विभिन्न पाँच शहरमा सम्पन्न भएको छ । भारतमा खुडी, सडक र सङ्घर्ष नाम दिइएको कार्यक्रम अक्टोबर १८ तारिख गुजरातको सुरतबाट सुरु भएको थियो । अक्टोबर ३० तारिख मुम्बईमा सकिएको खुडी, सडक र सङ्घर्षको स्वागत तथा गजल वाचन गुजरातको भरूच, तेलङ्गाना राज्यको हैदरावाद र महाराष्ट्रको पुणेमा समेत कार्यक्रम सम्पन्न भएको थियो ।

आइतबार मनका लहर साहित्य मञ्च भारत र शृष्टी मनि ट्रान्सफरको सहकार्यमा मुम्बईको सायन सम्पन्न कार्यक्रममा गजलकार सङ्घर्षका गजलकृति खुडी र सडकलाई स्वागत तथा सार्वजनिक गरिएको थियो । उक्त कार्यक्रममा विशेष वाचक कमल सङ्घर्षले नेपाली भाषा र अछामी भाषामा लेखिएका २ दर्जन गजलहरू सुनाएका थिए । मुम्बई मेहफिलमा मुम्बई आसपासका १ दर्जन बढी अन्य श्रष्टाले समेत रचना सुनाएका थिए ।

विभिन्न सांस्कृतिक कार्यक्रम भइरहने भारतमा नेपाली साहित्यका कार्यक्रम विरलै हुने गरेका छन् । परदेशमा बसेर साहित्य सिर्जना गरिरहेका साहित्यप्रेमीहरूको सकृयतामा कार्यक्रम सम्पन्न भएका हुन् । यस्ता कार्यक्रमहरूले प्रवासमा नेपाली गजललाई वृहत् बनाउन टेवा पुग्ने गजलकार सङ्घर्षले बताए ।

पछिल्लो समय अछामी भाषा, कला, साहित्य र संस्कृतिका क्षेत्रमा समेत सक्रिय रहेका सङ्घर्ष नौखुवा छमास्या पत्रिकाका प्रमुख सम्पादक समेत हुन् । उनका कैफियत २०७० संयुक्त गजलसंग्रह, सडक २०७३ एकल गजलसंग्रह तथा विभिन्न पत्रपत्रिकामा विभिन्न फुटकर लेखरचना प्रकाशित छन् । प्रथम पटक रचना वाचनले प्रकाशन गरेको सडकको दोस्रो र तेस्रो संस्करण शिखा बुक्सले प्रकाशन गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार