शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • जब लिलाम भएका लालपुर्जा कर्ण थापाले फिर्ता गराए………….

जब लिलाम भएका लालपुर्जा कर्ण थापाले फिर्ता गराए………….

  • शनिबार, कार्तिक १९, २०७९
जब लिलाम भएका लालपुर्जा कर्ण थापाले फिर्ता गराए………….
फाइल तस्बिर -२०७३ सालमा गाउँमा एक कार्यक्रमका बिच लालपुर्जा र नागरिकता हस्तान्तरण गर्दै ।

बाजुरा–बुढिगंगा नगरपालिका ९ बस्ने कृतम सिंहले बिद्युक्त बाल्न राखेका लालपुर्जा र नागरिकता ९ बर्ष हातमा पाए । गाउँमा बिद्युक्त बाल्नलाई २०६४ सालमा कृषि विकास बैंकमा राखेका थिए । लिलाम भइसकेका लालपुर्जा र नागरिकता ९ बर्षपछि २०७३ सालमा हातमा पाए ।
कृतम सिंहको लालपुर्जा र नागरिकता ९ बर्ष पछि हातमा पार्न नेकपा एमाले स्थायि कमिटि सदस्य तथा संघिय सांसदका उम्मेदवार कर्ण बहादुर थापा रहेका थिए । लालपुर्जा छुटयाउनका लागि सबै तिर हारगुहार गरिरहेका थिए, कतै बाट सहयोग नभएपछि थापाले सहयोग गरेका थिए ।
मंसिर ४ गते चुनाव नजिकिदै गर्दा साक्षर समेत नभएका कृतम सिंहको एउटै बोलि थियो, कर्ण थापाले हाम्रा लिलाम भएका लालपुर्जा फिर्ता गराए, उहाँ देखी आफु खुशी भएको वताए । थापाका कारणले म मात्र नभइ समुदायमा खुशी छाएको उनले वताए ।
सिंहले गाउँमै बिद्युक्त बाल्नका लागि कृषि विकास बैकं राख्न दिएका थिए । नौ बर्ष पछि आफ्नो सामान पनि पाएका थिए । अहिले सम्म त्यहि बिद्युक्त पनि नियमित बल्दा निकै खुशि भएका बताए । नौ बर्ष पछि २०७३ सालमा एमाले स्थायि कमिटि सदस्य कर्ण बहादुर थापाले गाँउमै एक कार्यक्रमका बिच उनलाइ लालपुर्जा हस्तान्तरण गरेका थिए । लालपुर्जा निकाल्नका लागि थापाले निर्वाचन क्षेत्र विकास कोषको १० लाख रुपैया बिनियोजित गरेका थिए ।
कृतम सिंह जस्तै बुढिगंगा नगरपालिका ९ र १० का स्थानियका रहेको इकडी गाड लघुजल बिद्यूक्त परियोजनाले बिद्युक्त उत्पादनका लागि राखिएका लालपुर्जा र नागरिकता नौ बर्ष पछि पाएका थिए । बिद्युक्त निकाल्न २०६४ साल मंसिर ८ गते राखिएका लालपुर्जा लिलाम हुने अबस्थामा पुगेका थिए । जिल्ला कृर्षि बिकास बैङ्कमा राखिएका ११ जना सर्वशाधारणका लालपुर्जा बाट ८ लाख रुपैया ऋण झिकिएको थियो ।
ब्याज तिर्न नसकि सावा र ब्याज गरि १६ लाख ७६ हजार ५ सय २५ पुगेको थियो । कृर्षि बिकास बैङ्कमा ऋण तिर्न नसक्दा पटक पटक लिलाम प्रक्रियामा पुयाएको थियो । पछि कर्ण थापाले सहयोग गरेपछि लिलाम भएका लालपुर्जा फिर्ता पाएको स्थानिय टेक बहादुर शाहीले वताए ।
८० प्रतिशत ब्याज मिनाह कृषि विकास बैंकले गरेको थियो भने बाकि १० लाख तिन सय ५० रुपैया बैंकमा जम्मा गरेपछि ९ बर्ष देखि बैकमा रहेका लालपुर्जा र नागरिकता सर्वशाधारले पाएका हुन् । बिद्युक्त उत्पादन गर्नका लागि रकम कम भएको भन्दै इकडिगाड लघुजल बिद्युक्त परियोजना र जिल्ला उर्जा तथा वातावरण शाखाको पहलमा बैङ्क बाट ऋण झिक्नका लागि राखिएको थियो । स्थानिय विर बहादुर शाहि, महा रावत, कृतम सिंह, धिर सिंह, डम्मर सिंह, करे रावल लगायत ११ जनाका लालपुर्जा र नागरिकता राखिएको थियो । लामो समय पछि आफ्नो लालपुर्जा र नागरिकता पाँउदा निकै खुशी भएको स्थानियले त्यो समय भब्य खुशीयाली गर्नुका साथै कर्ण बहादुर थापालाई स्वागत समेत गरेका थिए । स्थानियले लालपुर्जा राखेर बिजुली बाल्न सफल भयौ र अहिले ऋण तिरेर लालपुर्जा समेत हातमा पायौ अर्का स्थानिय बिर बहादुर शाहीले वताएका छन् ।
ब्याज मिनाह र पैशा संकलनका लागि जिल्ला स्थित राजनितिक दल जिल्ला विकास समिति लाई पटक पटक गुहार गरयौ, तर कसै बाट पहल नभएपछि निर्वाचन क्षेत्र विकास कोष बाट सांसद कर्ण बहादुर थापाको १० लाख परियोजनामा बिनियोजन भएपछि लालपुर्जा छुटाउन सहयोग भएको तत्कालीन बिद्युक्तका अध्यक्ष मिन बहादुर सिंहले वताए ।
३० किलोवाट क्षमता भएको बिद्युक्त बाट बुढिगंगा नगरपालिका ९ र १० का ३ सय ५० सय परिवार लाभाबिन्त भएका छन् । अहिले पनि उक्त बिद्युक्त परियोजना सञ्चालनमा रहिरकेको छ ।

चर्चामा

सम्बन्धित समाचार