• होमपेज
  • बडिमालिका
  • निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक आधा दिवसीय मिडिया अभिमुखिकरण कार्यक्रम मार्तडीमा सम्पन्न

निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक आधा दिवसीय मिडिया अभिमुखिकरण कार्यक्रम मार्तडीमा सम्पन्न

  • शुक्रबार, कार्तिक १८, २०७९
निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक आधा दिवसीय मिडिया अभिमुखिकरण कार्यक्रम मार्तडीमा सम्पन्न

टेक बहादुर बुढा ,बाजुरा – निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक आधा दिवसीय मिडिया अभिमुखिकरण कार्यक्रम मार्तडीमा सम्पन्न भएको छ ।

शुक्रबार जिल्ला निर्वाचन कार्यालय बाजुराको आयोजनामा उक्त अभिमुखिकरण कार्यक्रम होटल स्वामीकार्तिक प्लाजामा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन ।

आसन्न मङसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सञ्चार माध्यम तथा पत्रकारहरुको भूमिकाका बिषयमा छलफलका लागी उक्त कार्यक्रमको आयोजना गरिएको पनि कार्यालय प्रमुख अवस्थीले बताए ।

जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीको अध्यक्षतामा सुरु भएको मिडिया अभिमुखिकरणका प्रमुख अथिति मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेल रहेका थिए । त्यस्तै बिशिष्ट अथिति सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्ट र अथितिमा निर्वाचन आचार संघिता अनुगमन समिति संयोजक धर्म साउँद , नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका पूर्व अध्यक्ष प्रकाश बहादुर सिहं , नेपाल पत्रकार महासघं जिल्ला शाखा बाजुराका महिला उपाध्यक्ष संगिता तिमिल्सीना , सचिब रमित बि क लगायत अन्य व्यक्त्विहरु रहेका थिए ।

उक्त कार्यक्रममा बोल्दै पत्रकार महासंघ जिल्ला शाखा बाजुराका महिला उपाध्यक्ष संगीता तिमिल्सीनाले निर्वाचनलाई स्वच्छ , निश्पक्ष र भयरहित तरिकाले सम्पन्न गर्ने बिषयमा सञ्चार माध्यम तथा पत्रकारहरुको महत्वपूणर् भूमिका रहने बताएकी छन । निर्वाचनमा सञ्चार माध्यम तथा पत्रकारहरुले कुनै पनि व्यक्ति वा दलको पक्ष बिपक्ष नलिई निश्पक्ष तरिकाले समाचार सम्प्रेषण गर्ने कुरामा जोड दिनु पर्ने बताए ।

त्यस्तै उक्त कार्यक्रमका प्रमुख अथिति तथा मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले भने निर्वाचनमा सञ्चार माध्यम तथा पत्रकारहरुले निर्वाचन आचार संघिता प्रभावकारी रुपमा पालना गर्नु पर्ने र अरु कोहि कसैले पालना गरे नगरेको अनुगमनका साथै कसैले उल्लङगन गरेको पाएमा खबदारी गर्ने पनि आग्रह गरेका छन ।

त्यस्तै सोहि कार्यक्रममा बोल्दै बिशिष्ट अथिति तथा सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले भने निर्वाचनमा मिडियाले मतदाता शिक्षा र नागरिक सचेतनामा महत्वपूणर् भूमिका खेल्दै सत्य ,तथ्य सुचनाहरु सम्प्रेषण गर्नु पर्ने बताए ।

उक्त मिडिया अभिमुखिकरण कार्यक्रमको प्रशिक्षण जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थी र नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका पूर्व अध्यक्ष प्रकाश बहादुर सिहंले गरेका थिए ।

जिल्ला स्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार लगायत अन्य बिभिन्न कार्यालयका कर्मचारीहरुको सहभागीता रहेको कार्यक्रमको सञ्चालन जिल्ला निर्वाचन कार्यालय बाजुराका सुचना अधिकारी बिशाल पुडासैनीले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार