बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा हेलिकप्टर मार्फत मतपत्र आईपुगे

बाजुरामा हेलिकप्टर मार्फत मतपत्र आईपुगे

  • बिहिबार, कार्तिक १७, २०७९
बाजुरामा हेलिकप्टर मार्फत मतपत्र आईपुगे

बाजुरा–मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनका लागि निर्वाचन आयोगले पठाएको मतपत्र बाजुरामा आईपुगेको छ । हिमाली जिल्लाका रुपमा रहेको बाजुरामा बिहिवार मात्र सेनाको हेलिकप्टर मार्फत मतपत्र पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्तडी बाजुराले जनाएको छ ।
जिल्लाका ९ वटै पालिकाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेपाली सेनाको सहयोगमा मतपत्र शुक्रवार मार्तडीमा आइपुगेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थिले वताएका छन् । बाजुरामा रहेका मतदाता संख्याको ५ प्रतिशत बढी मतपत्र आएको अबस्थिले वताएका छन् ।
प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई सदस्यको निर्वाचन हुने बाजुरा जिल्लामा ७० मतदान स्थलमा एक सय १२ मतदान केन्द्र कायम भएका छन् । बाजुरामा महिला ४० हजार पाँच सय ३७, पुरुष ४२ हजार एक सय ५१ र अन्य दुई गरि जम्मा ८२ हजार आठ सय ९० मतदाता रहेका छन् ।
बाजुरा जिल्लाका ४३ मतदान केन्द्र अति संवेदनशीलको सूचीमा रहेका छन् । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले दिएको जानकारी अनुसार जिल्लाका जम्मा ७० मध्ये ४३ लाई अति समवेदनशील मतदान स्थल मानिएको छ । यस्तै २३ समवेदनशील मतदान स्थल रहेका बिष्टले वताए ।
उनका अनुसार ७० मध्ये चार मतदान स्थल मात्रै सामान्य अवस्थाका छन् । सहायक प्रमुख जिल्ला अधिकारी बिष्टका अनुसार नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरि करीव दुई हजार सुरक्षाकर्मी चुनावका लागि खटिने छन् ।

चर्चामा

सम्बन्धित समाचार