मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • उत्तर कोरियाले जापानतर्फ हान्यो मिसाइल

उत्तर कोरियाले जापानतर्फ हान्यो मिसाइल

  • बिहिबार, कार्तिक १७, २०७९
उत्तर कोरियाले जापानतर्फ हान्यो मिसाइल

काठमाडौं– उत्तर कोरियाले जापानतर्फ मिसाइल प्रहार गरेको छ । मिसाइलबाट जोगिन जापानले आफ्ना नागरिकहरुलाई घरभित्र वा बंकरभित्र रहन आह्वान गरेको थियो । यद्यपि मिसाइलले क्षति पुर्याएको छैन ।

उत्तर कोरियाले मिसाइल प्रहार गरेपछि सुरक्षाका लागि जापानले ‘जे वार्निङ’ जारी गरेको र यो निकै खतरापूर्ण अवस्थामा मात्र जारी हुने बीबीसीले जनाएको छ ।

जापानका अधिकारीहरुले सुरुमा उत्तर कोरियाको क्षेप्यास्त्र जापान माथिबाट उडेको बताएका थिए । तर रक्षामन्त्री यासुकाजु हमादाले भने जापानी द्वीप समूह पार नगरेको र जापानको सागरमा हराएको बताएका छन् ।

उत्तर कोरियाले बुधबार मात्रै दक्षिण कोरियातर्फ २३ मिसाइल प्रहार गरेको थियो । तीमध्ये एक मिसाइल दक्षिण कोरियाको जल सिमानाको केही टाढा खसेको थियो । यसको जवाफमा दक्षिण कोरियाले लडाकु विमानमार्फत् आकाशबाट जमिनमा आक्रमण गर्न मिल्ने मिसाइल उत्तरकोरियातर्फ प्रहार गरेको थियो ।

दक्षिण कोरिया र अमेरिकाबीच एयरफोर्स ड्रिलपछि उत्तर कोरियाको तर्फबाट आक्रामक कदम उठाउने सिलसिला जारी रहेको बीबीसीले जनाएको छ । उत्तर कोरियाले उक्त ड्रिल रोक्न आह्वान गरेको थियो । त्यसको जवाफमा दक्षिण कोरियाले अमेरिका र दक्षिण कोरिायाबीचको सम्बन्ध बिगार्ने प्रयास सफल नहुने बताएको थियो ।

चर्चामा

सम्बन्धित समाचार