• होमपेज
  • बडिमालिका
  • जिल्ला अस्पताल बाजुरामा रगत अभावमा छटपटीदै एक सुत्केरी महिला

जिल्ला अस्पताल बाजुरामा रगत अभावमा छटपटीदै एक सुत्केरी महिला

  • सोमवार, कार्तिक १४, २०७९
जिल्ला अस्पताल बाजुरामा रगत अभावमा छटपटीदै एक सुत्केरी महिला

बाजुरा — बाजुराको बुढिनन्दा नगरपालिका -१ पिपलडालीकी  सुत्केरी भएकी १८ वर्षीया सर्मिला कार्कीको रगत अभावका कारण ज्यान जोखिममा रहेको छ । उनि सनिबार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी भइन । उनलाई रक्तश्राव भएपछि जिल्ला अस्पतालमा रिफर गरियो । बच्चा पाईसकेपछी रक्तश्राव भएकी कार्की अहिले जिल्ला अस्पतालको शैयामा रहेकी छन । उनलाई ए पोजेटिभ रगतको ३ देखी ४ पोइन्ट आबस्यक रहेको जिल्ला अस्पतालले जनाएको छ ।
सुत्केरीको शरीरबाट अत्यधिक रगत बगेपछि उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याइएको उनका आफन्त धर्मा कार्कीले बताइन । सुत्केरी कार्कीको मात्रै नभएर जिल्लामा धेरै बिरामीहरु रगत अभावमा भौतारीने गरेका छन । रगत बैंक नहुँदा जिल्लामा आएका रगत अभावका बिरामीले हैरानी खेप्नुपरेको सेवाग्राहीको गुनासो छ ।
जिल्लामा रक्त सञ्चार केन्द्र नहुँदा रगतका लागि गुहार गर्नुपर्ने बाध्यता रहेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराले रक्त सञ्चार केन्द्र स्थापना गरेको भए पनि रगत बैकं संचालनमा नहुदा अस्पतालमा आउने बिरामीहरुले सास्ती खेप्नु परेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार