बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • फुटबल
  • बडीमालिका मेयर कपको उपाधी समाज सुधार युवा क्लबले जित्यो

बडीमालिका मेयर कपको उपाधी समाज सुधार युवा क्लबले जित्यो

  • मङ्लबार, कार्तिक ८, २०७९
बडीमालिका मेयर कपको उपाधी समाज सुधार युवा क्लबले जित्यो

बाजुरा : बडीमालिका मेयर कपको उपाधी आयोजक समाज सुधार युवा क्लबले जितेको छ । फाइनल खेलमा रानीवन स्पोर्टस क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै पहिलो मेयर कपको उपाधी जितेको हो ।

पहिलो हाफमा सुरुवादी अग्रता लिएको रानीवनले दोस्रो हाफमा कुनै गोल थप्न सकेन् । आयोजक समाज सुधारले भने दोस्रो हाफमा ४ गोल फर्काएको छ । १० मिनेको अवधीमै ४ गोल गरेको आयोजकले उपाधी आफै राख्न सफल भएको छ ।

बडीमालिका नगरपालिका भित्रकै खेलाडी मात्रै सहभागि मेयर कपमा १७ टिम सहभागि थिए । बडीमालिका ७ जिल्लीलाई पराजित गर्दै रानीवन फाइनल पुगेको थियो । भने नवजीवन युथ क्लबलाई पराजित गर्दै आयोजक फाइन पुगेको थियो ।

उपाधी जितेको आयोजक समाज सुधारले नगद १ लाख ११ हजार १ सय ११ रुपैया नगद, प्रमाण पत्र, मेडल र ट्रर्फी पाउने छ । भने उपविजेता रानीवनले नगद ५५ हजार ५ सय ५५ रुपैया सहीत प्रमाण पत्र, मेडल र ट्रर्फी पाउने छ ।

रानीवन पुराना खेलाडीका साथ मैदानमा थियो भने आयोजक राष्ट्रिय खेलमा सहभागि खेलाडी दीपक विक लगायतका साथ मैदानमा थियो । रानीवन सर्वाधिक धनराशीको चौथो छेडेदह कपमा पनि उपविजता बनेको थियो ।

विजेता उपविजेतालाई जनसाँस्कृतिक महासंघ बाजुरा र सुदूर पश्चिम प्रदेश कमिटीले मार्तडीमा आयोजना गर्ने देउसी भैलो तथा साँस्कृतिक कार्यक्रममा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको आयोजक क्बल समाज सुधारका अध्यक्ष प्रेम नेपालीले बताएका छन् । मार्तडीमा भोलि चुनावी देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार