मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • समाज
  • जनसाँस्कृतिक महासंघकाे बाजुरामा चुनावी देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम

जनसाँस्कृतिक महासंघकाे बाजुरामा चुनावी देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम

  • मङ्लबार, कार्तिक ८, २०७९
जनसाँस्कृतिक महासंघकाे बाजुरामा चुनावी देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम

बाजुरा– जनसाँस्कृतिक महासंघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटी र बाजुरा जिल्ला कमिटीले सयुक्त देउसी भैलो कार्यक्रम गर्ने भएका छन् । तिहार पर्वको अवसर पारी बाजुराका तिन वटा क्षेत्रमा सयुक्त देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेका हुन् ।

राष्ट्रिय ख्याली प्राप्त कलाकार सहीतको उपस्थितिमा चुनावी देउसी भैलो तथा साँस्कृतिक कार्यक्रम गर्न लागिएको साँस्कृतिक महासंघका प्रदेश अध्यक्ष विनोद बाजुरालीले बताएका छन् । प्रदेश कमिटीकै संयोजनमा बाजुराका मार्तडी, कोल्टी र फालासैनमा कार्यक्रम गर्न लागिएको हो ।

स्थानीय चाड पर्वको महिमा विस्तार गर्ने र कला साँस्कृतिको जगेर्ना गर्ने लक्ष्य सहीत कार्यक्रम गर्न लागिएको जनसाँस्कृतिक महासंघका धिरेन विकले बताएका छन् । राष्ट्रिय कलाकार विनोद बाजुराली, पूर्णकला विसी, चित्र विष्ट, मनबहादुर रोकाया सहीत स्थानीय कलाकारहरु डम्मर विसी, निशान्त रोकाया हास्यकलाकार विनोद विक, पदम बाबु रावल  सहीतको बेजोड प्रस्तुती रहने छ ।

नेकपा एमालेको चुनावी प्रचार सहीतको देउसी भैलो खेलिने भएको छ । साँस्कृतिक महासंघले तिहारकै अवसरमा ८ गते जिल्ला सदरमुकाम मार्तडीमा कार्यक्रम आयोजना गर्ने भएको छ । भने ९ गते कोल्टी र ११ गते फालासैनमा आयोजना गर्ने बताएको छ । कार्यक्रमका लागि कलाकारको टोली भोलि विहान बाजुरा आइपुग्ने छ ।

कला सँस्कृति र देउसी भैलोका मार्फत एमालेको नीति, विचार सिद्धान्त र ओली सरकारका काम बारे प्रचार प्रसार गरिने छ । गीत संगीत र गायन नृत्य मार्फत पनि देउसी भैलो मार्फ पार्टीको चुनावी प्रचार गरिने आयोजकले बताएको छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार