मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • समाज
  • बाजुरा-मतदान केन्द्र टाढा हुदा अपाङ्ग र गर्भवतीलाई समस्या

बाजुरा-मतदान केन्द्र टाढा हुदा अपाङ्ग र गर्भवतीलाई समस्या

  • शनिबार, कार्तिक ५, २०७९
बाजुरा-मतदान केन्द्र टाढा हुदा अपाङ्ग र गर्भवतीलाई समस्या

बाजुरा–बिगतका चुनाव झै बाजुरामा केही मतदान केन्द्र टाढा भएकाले अपाङ्ग र गर्भवती भएकालाई मतदान गर्न समस्या हुने भएको छ । जिल्ला अपाङ्ग संघ बाजुराका अध्यक्ष मान बहादुर हमालका अनुसार जिल्लाका १० ओटा भन्दा बढि मतदान केन्द्र टाढा भएकाले समस्या हुने गरेको वताए । घर बाट दुई घण्टा देखी एक दिन सम्म पैदल लाग्ने ठाँउमा मतदान केन्द्र छन्, अपाङ्ग भएकालाई बोकेर लिन सक्ने अबस्था छैन्, त्यहि भएर धेरै मतदाता मतदान केन्द्र बाट छुटने गरेको हमालले वताएका छन् । जिल्लामा सरोकारावाला निकायलाई जानकारी भएपनि मतदान केन्द्र स्थापनामा कसैले वास्ता नगरेको वताएका छन् ।
हिमाली गाँउ पालिकाको ४ किउडी, बच्छँया, ६ नम्बरको पाडि, गौमुल गाँउ पालिका २ को मल्लो तुगन, पाउदानी, सोही गाँउ पालिका १ को अन्नराडीका गाउँका बासिन्दालाइ मतदान केन्द्र टाढा भएकाले मतादना गर्न समस्या हुने गरेको वताएका छन् । त्यस्तै बुढिंगगा नगरपालिकाको ९ को बजेडी, जुवापानि, छेडेदह गाँउपालिकाको सदाडा, बुढिन्नदा नगरपालिका ३ को नुरि, खुवा, डोगडा र सिराडी गाँउका बासिन्दाको मतदान केन्द्र धेरै टाढा भएकाले अपाङ्ग, अशक्क्त, गर्भवती भएकालाई मतदान गर्न समस्या हुने भएको छ । त्यस्तै स्वामिकार्तिक गाँउपालिकाको १ छुदरी पाण्डगुफा गाँउपालिका ६ मल्लो काप्रि, बैशीरुख र कोट गोत्रि का बासिन्दालाई मतदान गर्न टाढा भएकाले मतदान गर्न बाट अपाङ्ग, बुढापाका र गर्भवती छुट्ने नागरिक अगुवा जनेश भण्डारीले वताए ।
विगत झै मतदान केन्द्र टाढा भएकाले धेरै मतदाता मताधिकार बाट बञ्चित हुने भएका छन् । जिल्ला निर्वाचन कार्यलयलाई मतदान केन्द्र थप गर्नका लागि पहल गरेको भएपनि केही वास्ता नभएको उनले वताए । मतदान केन्द्र स्थापना गर्दा भौगोलिकता अध्ययन बिना नै राख्दा समस्या भएको थापाले वताए । बुढिगंगा ९ जुवापानि बस्ने पदम बहादुर सिहलाइ मतदान केन्द्र टाढा भएकाले मतदान गर्न बाट बञ्चित हुने भएका छन् । टाढा भएका कारण उनले स्थानिय चुनावमा मतदान गर्न पाएनन् । घर बाट दुइ घण्टाको दुरीमा रहेको मतदान केन्द्रमा उनि जान नसक्ने अबस्था भएपछि मतदान गर्न नपाउने वताएका छन् । उनको खुट्टा पक्षखातका कारण हिडन नसक्ने अबस्थामा रहेका छन् ।
जिल्ला निर्वाचन कार्यलयकी अधिकारी नवराज अबस्थिले पनि केहि मतदान केन्द्र केही गाँउका लागि टाढा भएकाले समस्या भएको स्वीकार गरेका छन् । अपाङ्ग, बुढापाका र गर्भवति केही ठाँउमा मतदान केन्द्र टाढा भएकाले छुटन सक्ने सम्भाबना रहेको उनले वताए । निर्वाचन कार्यलयले बैठेकमा थप मतदान केन्द्रको लागि कुरा उठेको भएपनि राजनितिक दल बिच सहमति नभएको बुझिएको छ । कुनै पनि नागरिकले सहज रुपमा मतदान गर्न पाउने अधिकार भएपनि मतदान केन्द्र टाढा भएकाले अपाङ्ग, बुढाबुढी र गर्भवती मतदान बाट छुटने नागरिक समाजका प्रदिप जोशीले वताएका छन् । मतदान केन्द्र स्थापना गर्दा अपाङ्गमैत्री हुुनु पर्ने ब्यबस्था समेत रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार