सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • समाज
  • आर्थिक अभाबमा बाजुराका मान बहादुर ट्रमा सेन्टरमा अलपत्र

आर्थिक अभाबमा बाजुराका मान बहादुर ट्रमा सेन्टरमा अलपत्र

  • शनिबार, कार्तिक ५, २०७९
आर्थिक अभाबमा बाजुराका मान बहादुर ट्रमा सेन्टरमा अलपत्र

बाजुरा–बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ जोरु बस्ने ४५ बर्षिय मान बहादुर रावल आर्थिक अभाबमा समस्यामा परेका छन् । राष्ट्रिय ट्रमा सेन्टर काठमाडौमा उपचार गरिरहेका मान बहादुरको आर्थिक अभाबमा उपचारमा समस्या भएको आफन्त शंकर रावलले वताएका छन् ।
बाजुरा बाट काठमाडौ ढुवानी अनुदानको स्याउ लिएर जाने बेला सुर्खेतको छिन्चुमा स्याउ बोकेर गएको ट्रक दुर्घटना हुदा मान घाइते भएका थिए । राष्ट्रिय ट्रमा सेन्टरका अनुसार मानको मेरुदण्ड भाच्चिँएको वताएको छ । मानको अप्रेसन गरेर थेरापि गर्नुपर्ने रहेको चिकित्सले वताएका छन् ।
राष्ट्रिय ट्रमा सेन्टरले उपचारमा केही निशुल्क गरेको भएपनि औषधि किन्न देखी कूरुवाको खर्चमा समस्या भएको छ । आर्थिक अबस्था निकै कमजोर रहेको मानको परिवार अहिले एक बोतल पानि किन्न सक्ने अबस्था पनि नरहेको पाईएको छ । मान घाइते सँगै उनले गाउँ बाट खरिद गरेर लगेका स्याउ समेत ट्रक बाट खसेका थिए । न स्याउ पुयाउन सके न आफु सकुसल रहन नसकेको स्थानियले वताए ।
उपचार सहयोगका लागि धेरै ठाउँमा हारगुहार गरेको भएपनि कतै बाट सहयोग नपाउदा समस्या भएको छ । असोज १७ गते दुर्घटनामा परेर उनि घाइते भएका थिए । आफन्त शंकर रावलले भने अस्पतालले अप्रेसनमा केही छुट गर्ने भएपनि औषधि ब्यबस्थापन खान, नास्ताको खर्च ब्यबस्थापन गर्न निकै समस्या भएको वताए ।
मान बहादुर क वर्गको गरिब परिचय पत्र पाएको हुन् । घरको मुलि नै घाइते भएपछि उनको परिवारमा संकट छाएको छ । उनले काम गरेर परिवार पाल्ने गरेका थिए । आफै घाइते भएर अस्पतालमा जिवनमरणको दोसाध बनेपछि परिवार समेत बिच्चलीमा परेको छ ।

चर्चामा

सम्बन्धित समाचार