शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • ४२ औँ विश्व खाद्य दिवस एक कार्यक्रमका बिच मार्तडीमा सम्पन्न

४२ औँ विश्व खाद्य दिवस एक कार्यक्रमका बिच मार्तडीमा सम्पन्न

  • आइतवार, अशोज ३०, २०७९
४२ औँ विश्व खाद्य दिवस एक कार्यक्रमका बिच मार्तडीमा सम्पन्न

टेक बहादुर बुढा /बाजुरा —  ४२ औँ विश्व खाद्य दिवस एक कार्यक्रमका बिच मार्तडीमा सम्पन्न भएको छ । हरेक बर्ष अक्टोबर १६ मा मनाईने उक्त दिवस बाजुरामा पनि भव्यताका साथ मनाईएको छ । उत्पादन पोषण र वातावरणमा सुधार, सुखी जिवनको आधार भन्ने मुल नाराका साथ विश्वभरि झै बाजुरामा पनि उक्त दिवस मनाईएको हो । आईतवार कृषि ज्ञान केन्द्र बाजुराको आयोजनामा र जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुको सहयोगमा बडिमालिका नगरपालिकाको सभाहलमा एक कार्यक्रम गरि उक्त दिवस मनाईएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रसाद जैशीले बताए ।
कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरि प्रसाद पनेरुको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अथिति बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का रहेका थिए । त्यस्तै विशिष्ट अथिति प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी र अथितिमा जिल्ला स्थित सरकारी तथा गैरसरकारी संघ सस्थाका प्रमुख तथा प्रतिनिधि लगायत अन्य अथितिहरु रहेका थिए ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अथिति तथा बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले भने प्रत्येक किसानहरूको उत्पादित बालीलाई बजारसम्म कसरी पुर्‍याउने, उत्पादन कसरी बढाउने र उन्नत खालको बिउको कसरी सुनिश्चित गर्ने कुराहरुको लागि नगरपालिकाले कार्ययोजना निर्माण गर्ने बताए ।
अहिले यातायात अबरुद्धका कारणले कृषकहरूले उत्पादन गरेको बाली बजारसम्म पुर्‍याउन पनि समस्या भएकाले यसमा बिशेष ध्यान पुर्याउनु पर्न बताए । कृषकहरुको लागि नगरपालिकाबाट गर्न सकिने सहयोगको लागि सधैं प्रतिबद्ध रहेको नगर प्रमुख खड्काले बताएका छन ।
त्यस्तै किसानहरुको बालीनालीको उत्पादकत्व बृदि गर्न कुराहरुमा सधै सहयोग गर्न कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख तथा कार्यक्रम का अध्यक्ष हरि प्रसाद पनेरुले प्रतिबद्धता व्यक्त गरेका छन । उक्त कार्यक्रममा जिल्लामा सबैभन्दा बढिअन्नबाली तथा तरकारी फलफूल उत्पादन गर्न ४ जना उत्कृष्ट कृषकहरुलाई नगद प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
जसमा खाद्यान्न बाली तर्फ बडिमालिका २ का मदनराज पण्डित , तरकारी बाली तर्फ ब न पा ४ का हर्क नाथ, आलु बाली तर्फ ब न पा ६ का भानसिंह बडुवाल र फलफूल बाली तर्फ स्वामिकार्तिक खापर गाउँपालिका ३ का अनिल शाहि सम्मानित भएका हुन । त्यस्तै आगलागीबाट पिडित ब न पा ९ का कृष्ण चाँदारालाई रु .५००० सम्मको खाद्यान्न सहयोग गरिएको छ ।
उक्त कार्यक्रममा जिल्ला स्थित विभिन्न संचार माध्यमका कार्यरत पत्रकार, विभिन्न संघ सस्थाका कर्मचारी लगायत विभिन्न व्यक्तित्वहरुको सहभागीता रहेको कार्यक्रमको सञ्चालन मीन प्रसाद जैशीले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार