बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • बाजुराकाे बाढि पहिरो प्रभाबित क्षेत्रमा राहत तथा उद्धारमा नेपाली सेना

बाजुराकाे बाढि पहिरो प्रभाबित क्षेत्रमा राहत तथा उद्धारमा नेपाली सेना

  • शुक्रबार, अशोज २८, २०७९
बाजुराकाे बाढि पहिरो प्रभाबित क्षेत्रमा राहत तथा उद्धारमा  नेपाली सेना

बाजुरा — नेपाली सेना यतिबेला बाजुरा जिल्लामा १९ गते देखी परेको बर्षाका कारण क्षेतीग्रस्त क्षेत्रमा जुटेको छ । १९ गते देखी लगातार परेको बर्षाले बाजुरा जिल्लाको उत्तरी क्षेत्रमा रहेका बिभिन्न ठाउँमा नेपाली सेनाको टोलीहरु राहत तथा उद्धारमा लागेको दुर्गाभन्ज्याङ गुल्म थापाथली ब्यारेक बाजुराले जनाएको छ ।
लगातार परेको अबिरल बर्षाका कारण २४ गते हिमाली गाउँपालिका ५ रुगिनमा ४ घर पहिरोले भत्काएको सो पहिरोबाट प्रभावित भएका परिवारलाई दुर्गाभन्ज्याङ गुल्म थापाथली ब्यारेक बाजुराबाट सुरक्षार्थको लागि खट्टिएको सुरक्षा से.मु. तिथीचौर पोष्टबाट सोही दिन जमदार भिम बहादुर बानियाको कमाण्डमा उद्धार गरिएको जनाएको छ ।

No description available.
नेपाली सेनाको टोली खट्टिई उक्त पहिरोबाट बिस्थापित भएका घर परिवारलाई सकुशल उद्धार गरी व्यारेक हाताभित्र (तिथीचौर पोष्ट स्थित) खाना, लत्ता कपडा तथा बसोबासको व्यवस्था मिलाईएका दुर्गाभन्ज्याङ गुल्म थापाथली ब्यारेक बाजुराका गुल्मपती दिवाकर खड्काले बताएका छन । त्यसै गरी पिडीतहरुलाई भोलीपल्ट सुरक्षित ठाउँमा ब्यबस्थापन गरी बस्न त्रिपाल लगायतको आबस्यक सहयोग गरिएको गुल्मपती खड्काले बताए ।
बर्षाको कारण जिल्लाका बिभिन ठाउँमा बाटो अवरुद्ध, बाढि पहिरोको कारण जिल्ला सुरक्षा समितिको आग्रहमा सामुहिक टोली परिचालन गर्ने निणर्य भए बमोजिम नेपाली सेना दुर्गाभञ्जन गुल्मको सामुहिक टोली राहात उद्धार, बाटो निर्माण तथा बिपद् ग्रस्त क्षेत्रमा पुनर्स्थापनामा सहयोगका लागि हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका लगायतका बिभिन्न ठाउँमा बिभाजन भई सहयोगको लागि परिचालन भएको गुल्मपती खड्काले बताएका छन ।
नेपाली सेनाले पहिले देखी बाजुरामा हुने बिपतको समयमा राहत तथा उद्धारका कार्यहरु गर्दै आएको छ ।

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार