शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ६
  • कर्णाली नदिले दर्जन बढी झोलुंगे पुल बगायो, आवतजावत बन्द

कर्णाली नदिले दर्जन बढी झोलुंगे पुल बगायो, आवतजावत बन्द

  • मङ्लबार, अशोज २५, २०७९
कर्णाली नदिले दर्जन बढी झोलुंगे पुल बगायो, आवतजावत बन्द
कर्णाली नदिले स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका जोड्ने कर्णाली नदिको भैसागाडमा रहेको झोलुंगे पुल ।

बाजुरा — लगातारको अबिरल बर्षाले कर्णाली नदिमा रहेका झोलुंगे पुल बगाएको छ । कर्णाली नदिमा रहेका हुम्ला, मुगु, बाजुरा, कालिकोट, अछाम र दैलेखमा रहेका दर्जन भन्दा बढी झोलुंगे पुल बगाएको छ ।
दर्जन बढी झोलुंगे पुल बगाएको छ भने बाँकी रहेका पुल पनि उच्च जोखिममा रहेका छन् । बाजुरा भएर बग्ने कर्णाली नदिमा दिनवटा झोलुंगे पुल बगाएको स्थानियले वताएका छन् । झोलुंगे पुल बगाए सँगै कर्णाली नदिमा रहेका बस्ति बिस्थापित भएका छन् । खेतियोग्य जमिन कटान गरेर बगरमा परिणत गरेको छ ।
स्वामिकार्तिक खापर गाउपालिका र जगन्नाथ गाउँपालिका जोड्ने कर्णाली नदिको भैसागाडमा रहेको झोलुंगे पुल बगाएको स्थानिय शिक्षक धन बहादुर धामीले वताएका छन् । कर्णाली नदिमा पानि बढेपछि २०५२ सालमा निर्माण भएको पुल बगाएको धामिले वताए । झोलुंगे पुल बगाउदा स्वामिकार्तिक खापर गाउँपालिका १ र २ जगन्नाथ गाउँपालिका ३, ४ र ५ का बासिन्दालाइ आवतजावत बन्द भएको स्थानियले वताए ।
बाजुराको पिलीचौर, कवाडी, बेर्मा, काप्डी लगायत ठाउँमा रहेका झोलुंगे पुल माथि कर्णाली बगिरहेको प्रहरीले जनाएको छ । त्यस्तै कर्णाली नदिको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानिय बासिले बताएका छन् ।
हुम्ला र मुगु कर्णाली दुबै ठाउँका नदिमा रहेका झोलुंगे पुल केही बगाएको छ भने केही जोखिममा रहेको हुम्लाका स्थानिय कर्ण बहादुर मल्लले वताएका छन् । बाजुराको जगन्नाथ र कालिकोट जोडने जितेगडाको झोलुंगे पुल बगाउदा बाजुरा र कालिकोटको आवतवाजत बन्द भएको छ ।
प्रहरीका अनुसार कर्णाली नदिमा धेरै पुल बगाएको र जोखिममा भएपनि एक्किन तथ्याङ्क नआएको वताएको छ । त्यो क्षेत्रमा सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।
कर्णालीको पारिका वाई वाधु जोड्ने पुल, गोत्रि साप्पाटा पुल, रुगिन मुगु बाजुरा हुम्ला जोडने आधा दर्जन पुल जोखिममा रहेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताएका छन् । पुल सँगै छोप्ने गरि कर्णाली नदिमा पानिको बहाव बढेपछि बाजुराका कर्णाली पारिका वाई, साप्पाटा, जुकोट गाबिसमा आवत जावत प्रभाबित बनेको छ ।
बाजुरा जिल्लाका दर्जनौ झोलंगे पुलहरु बाढि पहिराको जोखिममा रहेका छन् । बर्षौ पुराना पुलहरु जिर्ण हुनुका साथै बाढि पहिरोको कारण जोखिम बनेका हुन् । पुलहरु जोखिममा बन्नाले आवत जावतमा समस्या भएको छ जिल्ला समन्वय समितिको तथ्याङ्कमा जिल्लामा ६५ वटा झोलुंगे पुल रहेका छन् । अधिंकाश पुले जिर्ण र जोखिममा रहेका छन् ।
दशकौ पुराना र थोत्रा रहेका झोलुंगे पुलहरु बर्षातको समयमा बाढि र पहिरोको जोखिममा हुने गरेका छन् । आठ बर्ष केन्द्र बाट बिज्ञहरुको टोलि आएर यहाँका पुलहरु जोखिममा रहेको भन्दै पुलमा खतराको संकेत समेत लगाएर गएको छ । तर मर्मत गर्न भने कसैको ध्यान नगएको पाईएको छ ।

चर्चामा

सम्बन्धित समाचार