बाजुरा — कर्णाली नदिमा बहाफ बढे संगै जगन्नाथ गाउँपालिकामा रहेकाे जुड्डी प्रहरी चाैकी बिस्तापित भएकाे छ भने हिमाली गाउँपालिकामा रहेकाे कवाडी अस्थाइ प्रहरी पाेष्ट जाेखीममा रहेकाे छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार २ ओटा प्रहरी चौकी समेत जोखीमा परेको जनाएको छ । जगन्नाथ गाउँपालिका जुड्डीमा रहेको प्रहरी चौकी जुड्डी खोला र कर्णाली नदीमा पानीको बहाब बढ्न गई जमिन कटान गरी जोखीमा रहेको जनाएको छ । चौकी उच्च जोखिममा रहेको हुदा चौकीको टोली सोही स्थानमा निर्माणाधिन रहेको स्वास्थ्य चौकीको भवनमा सरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
त्यसै गरी हिमाली गाउँपालिकाको कवाडीमा रहेको अस्थाई प्रहरी पोष्ट कुवाडी समेत कर्णाली नदी र कुवाडी खोलामा पानीको बहाव बढ्न गई समेत जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।