शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले केन्द्रीय सदस्य बोगटीद्धारा स्वतन्त्र उम्मेदवारी

नेकपा एमाले केन्द्रीय सदस्य बोगटीद्धारा स्वतन्त्र उम्मेदवारी

  • आइतवार, अशोज २३, २०७९
नेकपा एमाले केन्द्रीय सदस्य बोगटीद्धारा स्वतन्त्र उम्मेदवारी

बाजुरा  — नेकपा एमाले केन्द्रीय सदस्य सहदेव बोगटीले प्रदेश सभा निर्बाचन क्षेत्र क बाट स्वतन्त्र उम्मेदवारी दिएका छन । केन्द्रीय सदस्य बोगटीले नेकपा एमालेबाट टिकट नपाएपछी स्वतन्त्र उम्मेदवारी दिएका हुन ।

पुर्व माओबादी केन्द्रबाट नेकपा एमालेमा समाहित भएका छप्कीलाल बुढा प्रस्तापक र लाल बहादुर बुढाको समर्थनमा उनले मुख्य निर्बाचान अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका छन ।
बोगटी नेकपा बिभाजन पछि नेकपा एमालेमा समाहित भएका हुन भने उनका सर्मथक र प्रस्थापक पनि नेकपा बिभाजन पछि एमालेमा समाहित भएका हुन ।
पुर्व नेकपा माओबादीले बाजुराका दुई प्रदेश निर्बाचन क्षेत्र मध्य एकमा पाउनुपर्ने अडान भए बमोजीम नेकपा एमालेले टिकट नदिएका कारण स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुपरेको उनका सर्मथकको भनाई रहेको छ ।

नेकपा एमालेले प्रदेश सभा निर्बाचान क्षेत्र क बाट नेकपा एमालेका नेता बल्देव रेग्मीलाई नै टिकट दिएको छ । नेकपा एमाले बाट २०७४ को प्रदेश निर्बाचन जितेका रेग्मीलाई नै नेकपा एमालेले पुनः टिकट दिएको हो ।

चर्चामा

सम्बन्धित समाचार