आइतवार, मंसिर २३, २०८१
  • होमपेज
  • देश
  • आजको मौसम : लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

आजको मौसम : लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

  • शनिबार, अशोज २२, २०७९
आजको मौसम : लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं — नेपालमा मध्य-पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसका कारण केही स्थानमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १ र मधेस प्रदेशमा आंशिक देखि सामान्य बदली भएको र बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आजै दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने महाशाखाको बुलेटिनमा उल्लेख छ।
त्यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार