शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुरा:-आमा र बुवा नहुदा दलित दाजुभाइ बिच्चलीमा (भिडियो सहित)

बाजुरा:-आमा र बुवा नहुदा दलित दाजुभाइ बिच्चलीमा (भिडियो सहित)

  • शुक्रबार, अशोज २१, २०७९
बाजुरा:-आमा र बुवा नहुदा दलित दाजुभाइ बिच्चलीमा (भिडियो सहित)

बाजुरा–बाजुराको बुढिगंगा नगरपालिका १० तिमाडा बस्ने तिन दलित दाजु भाइ बिच्चलीमा परेका छन् । भदौ महिनामा बुवा मोति सार्कीको मृत्यु भएको थियो । आमा कला सार्कीले दुइ बर्ष पहिला अर्को बिहे गरेर गएपछि तिन दाजुभाइ बिच्चलीमा परेको स्थानिय भरत कुवरले वताएका छन् ।
अलपत्र पर्नेमा १३ बर्षको सन्तोष सार्की, १२ बर्षका नरेन्द्र सार्की र ८ बर्षका अनुराज सार्की रहेका छन् । सन्तोषलाइ जन्डिस देखा परेपछि उनि भारतमा उपचारमा गएका छन् । सन्तोष भारतमा पैसा अभाबमा अलपत्र रहेको स्थानियले वताएका छन् । गाउँमा दुईभाइ बिच्चलीमा परेका छन् ।
सन्तोषले बिद्यालय छोडेर भारत लागेका हुन् । नरेन्द्र स्थानिय भगवती माबिमा कक्षा ५ मा अध्यनरत रहेका छन् । ८ बर्षका अनुराज भने कक्षा १ मा पढने गरेको छ । घरको जिम्मेवारी बढेपछि नरेन्द्र अधिकांश दिन बिद्यालय नजाने गरेका छन् ।
नरेन्द्रले भने आमाले २ बर्ष पहिला अर्को बिहे गरेर सम्पर्क बिहिन छन, बुवाको भदौमा उपचार अभावमा मृत्यु भएको वताए । बुवा हुदा गाउँलेको काम गरेर हामी पाल्थे, हामी बिद्यालय जाने गरेका थियौ, अहिले बुवाको मृत्यु पछि बिद्यालय पनि कहिले जाने कहिले नजाने गरेको नरेन्द्रले वताएका छन् ।
नरेन्द्रले रूदै भने, कुनै दिन खान नपाएर भोक भोकै बस्छौ, चोर भन्छन्, हेला हाल्छन्, आमा बुवा भएको त खाना पाइन्थ्यो । सबैले हेला हाल्ने गरेको नरेन्द्रले वताए । बुवा बिरामी नहुदा सम्म आमा सँग थिइन्, बुवा २ बर्ष पहिला देखी बिरामी भएपछि आमाले अर्को बिहे गरेको उनले वताए ।
बुवाको उपचारमा पैसा अभाब भएर मृत्यु भएको नरेन्द्रले वताए । सम्पत्तिको नाममा सानो खरले छाएको घर मात्र रहेको छ । बुवा बचाउनका लागि धेरै ठाउँमा हारगुहार गरेको भएपनि कसैले सहयोग नर्गदा मृत्यु भएको उनले वताए । गाउँले दिएको दिनमा खान्छौ, कसैले दिएको लुगाफाटो लगाउने गरेको उनिहरु बताउने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार