बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिकाले मर्यादित महिनावारी स्वच्छता व्यवस्थापन कार्यबिधी बनाउने

बुढिगंगा नगरपालिकाले मर्यादित महिनावारी स्वच्छता व्यवस्थापन कार्यबिधी बनाउने

  • आइतवार, अशोज १६, २०७९
बुढिगंगा नगरपालिकाले मर्यादित महिनावारी स्वच्छता व्यवस्थापन कार्यबिधी बनाउने

बाजुरा — जिल्लाको बुढिगंगा नगरपालिकाले महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी कार्यबिधि बनाउने भएको छ । कोइकाको आर्थिक सहयोग तथा गुडनेवर्स इन्टरनेश्नलको प्राबिधिक सहयोगमा पीसविन नेपालको सहयोगमा बुढिगंगा नगरपालिकाले सो कार्यबिधी बनाउने भएको हो । केही दिन अगाडी बुढिगंगा नगरपालिकामा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी एकदिने कार्यशाला गोष्ठीको गरेको र सो कार्यक्रम पश्चात त्यहाका जनप्रतिनिधीहरुले कार्यबिधी बनाउन अगी बढ्ने प्रतिबद्धता दिएका छन । बुढिगंगा नगरपालिकामा कोइकाको आर्थिक सहयोग तथा गुडनेवर्स इन्टरनेश्नलको प्राबिधिक सहयोगमा पीसविन नेपालले को आयोजनामा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी कार्यक्रमहरु अगाडी बढाएकोले अव स्थानीय तहले नै त्यसको जिम्मा लिन सो कार्यबिधी बनाउन लागिएको नगर उप प्रमुख माया खड्का कुवरले बताएकी छन ।
संस्थाको कार्यक्षेत्रमा रहेका नगरपालिकाका जनप्रतिनिधी नगरपालिकाका शाखाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको उक्त कार्यक्रमबाटै सो कार्यबिधी यो आर्थिक बर्षमै ल्यान प्रयास रहने नगर प्रमुख राम बहादुर बानियाँले बताएका छन ।
महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी कोइकाको आर्थिक सहयोग तथा गुडनेवर्स इन्टरनेश्नलको प्राबिधिक सहयोगमा पीसविन नेपालको सहयोगमा बुढिगंगा नगरपालिकामा बिभिन्न कार्यहरु गर्दै आएको र अव सम्बन्धीत स्थानिय तहले नै त्यसको लागि पहल गर्नुपर्ने गुड नेभर्सका परियोजना संयोजक देबेन्द्र शाहले बताए ।
महिनाबारीलाई मर्यादित महिनाबारी कसरी बनाउन सकिन्छ भन्ने बिषयमा अव स्थानिय तहबाटै त्यसको समाधानका लागि पहल हुनु राम्रो रहेको परियोजना संयोजक शाहले बताए ।
महिनावारी सम्बन्धी समस्या समाधान तथा मर्यादित महिनावारीका लागी के गर्न सकिन्छ भन्ने बिषयमा गरिएको कार्यशाला गोष्ठीबाटै स्थानीय तहका सबै जनप्रतिनिधी र शाखा प्रमुखहरु इच्छुक भइसकेकोले अव चाडै कार्यबिधी बनाएर अगाडी बढ्न सक्यो भने मर्यादित महिनाबारीका बिषयमा राम्रो हुने देखिन्छ ।
महिनावारीका कारण हुने भेदभाव तथा विद्यालयमा हुने अमर्यादित महिनावारीको क्षेत्रमा सुधार ल्याई मर्यादित महिनावारी स्वच्छता व्यवस्थापनलाई सो कार्यबिधीले सघाउ पुग्ने गुड नेवर्स ईन्टरनेश्नलका परियोजना संयोजक शाहले बताए ।
महिनावारी स्वास्थ्य व्यवस्थापन सम्बन्धी सीप वृद्धि हुने, महिनावारीका कारण लाग्ने विभिन्न शारीकि रोगबाट जोगिन सक्षम हुने तथा किशोरीहरुको मनोसामाजिक सु-स्वास्थ्यमा सुधार भई दैनिकी सहजता ल्याउने उदेस्य लाई मध्यनजर गरी स्थानिय तहबाटै समस्याको समाधान हुने परियोजनाका स्वास्थ्य अधिकृत महेश जोशीले बताए ।
गुड नेवर्स इन्टरनेश्नले बिगत लामो समय देखी बाजुरामा बालबालिकाको संरक्षण, शिक्षित समुदाय, न्युनतम स्वास्थ्य सेवा तथा सुबिधा र मानिसहरुको आर्थिक सशक्तिकणका बिषयमा काम गर्दै आएको छ ।
बालबालिका र उनिहरुका परिवार तथा समुदायको जीवनस्थर सुधार गर्ने उदेस्यका साथ गुड नेवर्स इन्टरनेश्नले बिद्यालय र समुदाय स्तरमा काम गर्दै आएको परियोजनाका स्वास्थ्य अधिकृत जोशीले बताएका छन ।
गुड नेवर्स इन्टरनेश्न सन २००२ देखी नेपालका बिभिन्न जिल्लामा बिपन्न बर्गहरु, खास गरि बालबालिकाको जीवनस्तर सुुधार बाल संरक्षण शिक्षा, स्वास्थ्य र सरसफाई लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार