शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा मन्दिरभित्र प्रवेश गर्दा दलितमाथि कुटपिट गर्ने वडा अध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दायर

बाजुरामा मन्दिरभित्र प्रवेश गर्दा दलितमाथि कुटपिट गर्ने वडा अध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दायर

  • शुक्रबार, अशोज १४, २०७९
बाजुरामा मन्दिरभित्र प्रवेश गर्दा दलितमाथि कुटपिट गर्ने वडा अध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दायर

बाजुरा — बाजुरामा एक मन्दिरमा दलित पसेको भन्दै कुटपिट गर्ने वडा अध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरी पूजापाठ गरेको भन्दै टेकेन्द्रसिंह सुनारलाई कुटपिट गर्ने वडा अध्यक्षसहित ३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दर्ता भएको हो । वडा अध्यक्ष अयडी अयडी नेपाली काँग्रेस निर्वाचित भएका हुन् ।

त्रिवेणि नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्धबहादुर अयडीसहित ३ जनाविरुद्ध बिहीवार जिल्ला प्रहरी कार्यालय बाजुरामा जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्य थापाले जानकारी दिए ।

उनका अनुसार कानुनमा उल्लेख भए अनुसार कानुनी कारबाहीका लागि अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । घटनामा संलग्न वडा अध्यक्षलाई नियन्त्रणमा लिइएको र फरार रहेका पाध्याय र अयडीको खोजी कार्य जारी रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार