मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • यस्तो छ आजको मौसम पूर्वानुमान, यी तीन प्रदेशमा वर्षाको सम्भावना

यस्तो छ आजको मौसम पूर्वानुमान, यी तीन प्रदेशमा वर्षाको सम्भावना

  • बिहिबार, अशोज १३, २०७९
यस्तो छ आजको मौसम पूर्वानुमान, यी तीन प्रदेशमा वर्षाको सम्भावना

हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । यी स्थानमा राती पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाको सम्भावना रहेका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको महाशाखाले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार