बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • मालिका माबिले गर्यो परिक्षाफल प्रकाशनसंगै शुभकामना आदानप्रदान

मालिका माबिले गर्यो परिक्षाफल प्रकाशनसंगै शुभकामना आदानप्रदान

  • शनिबार, अशोज ८, २०७९
मालिका माबिले गर्यो परिक्षाफल प्रकाशनसंगै शुभकामना आदानप्रदान

बाजुरा — बाजुराको सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माद्यमिक विद्यालयले प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशनसंगै बडादशैको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

विद्यालयले गत भदौ १५ देखि २३ गतेसम्म संचालन गरेको प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशनसंगै बडादशै, तिहार, छठ पर्व-२०७९ तथा नेपालसम्वत् ११४३ को उपलक्ष्यमा आज एक कार्यक्रमको आयोजना गरेर शुभकामना आदानप्रदान गरेको हो ।

बडा दशैंको अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशनसंगै परिक्षामा सहभागि कक्षा १ देखि १० सम्मका सवै विद्यार्थीहरुको ग्रेडसिट सहित उत्तरपुस्तिका विद्यार्थीलाई प्रदान गरिएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिर्घराज पाध्यायको अध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि बडीमालिका नगरपालिका ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापा रहेका थिए ।

विद्यालयका शिक्षक धिरबहादुर दानीले संचालन गरेको उक्त कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक शुभराज पाध्यायले गरेका थिए । कार्यक्रममा विद्यार्थीका अभिभावकहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुका विभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुति गरिएकाे थियो ।

चर्चामा

सम्बन्धित समाचार