बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश २
  • वीरगञ्जमा चिडियाघरको शिलान्यास

वीरगञ्जमा चिडियाघरको शिलान्यास

  • बिहिबार, अशोज ६, २०७९
वीरगञ्जमा चिडियाघरको शिलान्यास

वीरगञ्ज  – पर्साको वीरगञ्जमा चिडियाघरको शिलान्याश गरिएको छ ।

वन तथा वातावरण मन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिका–३२ रामवनमा पर्सा प्राणी उद्यान (चिडियाघना)को शिलान्यास गरेका हुन् ।

आफ्नै क्षेत्रमा चिडियाघरको शिलान्यास गरेका उनले हरेक प्रदेशमा एउटा चिडियाखाना हुनेगरि काम अघि बढाउने बताएका छन् । वीरगञ्जमा मधेस प्रदेशको मात्रै नभएर देशकै नमुना खुल्ला चिडियाखाना बन्ने दावी उनको छ ।

‘वीरगञ्ज, सिमरा, कलैया, सर्लाहीमा पर्यटक आउँछन भने घुम्ने ठाउँ छैन, एक दिन अल्झाउन गाह्रो पर्छ,’ उनले भने, ‘अब बन्न लागेको खुला चिडियाखानाले केहि हदसम्म त्यो अभावलाई पूरा गर्छ । वीरगञ्जमा आएका पर्यटकलाई २/४ रात बास बस्न सक्ने वातवारण बनाउनुपर्छ ।’

चिडियाखाना बनेपछि काठमाडौं, पोखरा लगायत नेपालको विभिन्न कुनाका साथै भारतीय र विदेशी पर्यटक समेत वीरगञ्जमा आउने दावी वन मन्त्री यादवको छ ।

मन्त्री यादवले पर्सामा नै चिडियाखाना भईदिए हुन्थ्यो भन्ने बाल्यकालको कल्पना पुरा गर्ने अवसर मिलेको बताए ।

‘एसएलसी पछि काठमाडौं घुम्न गएका थियौं, टिकट काटेर जाउलाखेलको चिडियाखाना भित्र पस्यौं । त्यहि बेला वीरगञ्जमा पनि चिडियाखना भइदिए हुन्थ्यो भन्ने कल्पना गरेको थिए । आज आफैंले शिलान्यास गर्ने अवसर मिल्यो’, मन्त्री यादवले भने ।

वन मन्त्रालय अन्र्तगतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर महेश्वर ढकालका अनुसार चिडियाखानाका लागि अर्थमन्त्रालयले १० करोड रुपैयाँका लागि सहमति दिइसकेको छ ।

‘चिडियाखानाको क्षेत्रमा तारबार गर्ने, गुरुयोजना बनाउने लगायत कामका लागि १० करोड रुपैयाँ मागेका थियौं, अर्थमन्त्रालयले सहमति दिइसकेको छ’, उनले भने । पहिला डिजाइन तयार गरेर स्वीकृत गर्ने र त्यसपछि क्रमशः पूर्वाधार बनाएर जनावरहरु पनि राख्दै जाने उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार