शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • युक्रेन युद्ध : पुटिनको घोषणापछि रुसमा विरोध प्रदर्शन, हजारौँ पक्राउ

युक्रेन युद्ध : पुटिनको घोषणापछि रुसमा विरोध प्रदर्शन, हजारौँ पक्राउ

  • बिहिबार, अशोज ६, २०७९
युक्रेन युद्ध : पुटिनको घोषणापछि रुसमा विरोध प्रदर्शन, हजारौँ पक्राउ

रुसी राष्ट्रपति पुटिनले सेनाको आंशिक परिचालनको घोषणा गरेसँगै रुसका जनताले यसको विरोध गरेका छन् । पुटिनले युक्रेन युद्धका लागि लाखौं रिजर्भ सैनिकलाई ड्युटीमा बोलाइने र हतियारमा लगानी पनि बढाइने बताएका थिए ।

प्रहरीले हजारौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । रुसी मानवअधिकार संगठन ओवीडी–इन्फोका अनुसार पक्राउ पर्नेको संख्या एक हजारभन्दा बढी छ । मस्को र सेन्ट पिटर्सबर्गमा सबैभन्दा धेरै पक्राउ परेका छन् । यससँगै प्रहरीले साइबेरियन सहर इर्कुत्स्क र याकातेरिबर्गमा दर्जनौं मानिसलाई पक्राउ गरेको छ

चर्चामा

सम्बन्धित समाचार