सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • समाज
  • उपचार अभाबमा अलपत्र बाजुराका बालकेस दमाइलाइ सहयोग

उपचार अभाबमा अलपत्र बाजुराका बालकेस दमाइलाइ सहयोग

  • शुक्रबार, भदौ ३१, २०७९
उपचार अभाबमा अलपत्र बाजुराका बालकेस दमाइलाइ सहयोग

बाजुरा–बाजुराको जगन्नाथ गाउँपालिका ६ तल्लो काप्रिमा बस्ने ३८ बर्षिय बालकेस दमाईलाई उपचारमा सहयोग भएको छ । दुवै मृगौला फेल भएका उनि एक महिनादेखि वीर अस्पतालमा पैसा अभाबमा जिवनमरणको दोसाधमा रहेको समाचार प्रकाशित पछि उनलाई उपचारमा सहयोग जुटेको स्थानिय हिरा बहादुर रोकायाले वताए ।
दि हिमालयन टाईमसमा तथा बडिमालिका खबरमा समाचार प्रकाशित पछि काठमाडौमा रहेको शान्ति सेवा गृह ले खान बस्न र देखी उपचारमा सहयोग गर्ने भएको संस्थाका कार्यक्रम निर्देशक अप्सरा कार्कीले वताईन् । त्यस्तै अमेरिका बस्ने समाजसेवी अम्मर क्षेत्री लगायतले ६३ हजार ५ सय सहयोग गरेका छन् ।
बालकेस दमाइ अलापत्र परेको समाचार बाट थाहा पाएपछि उनको चार जना परिवारलाई खान बस्नेमा सहयोग गरेको कार्कीले वताईन् । बालकेस की श्रीमति उनका दुइ छोरा पनि काठमाडौमा सँगै रहेका छन् । उनको मृगौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले भनेका छन्, अहिले डाइलोसिस भइरहेको छ । उपचार खान बस्न सँगै उपचार खर्चमा आर्थिक सहयोगमा पनि सहयोग गर्ने संस्थाका कार्यक्रम संयोजक बिजेन्द्र कुवरले वताएका छन् ।
वालकेस दमाई दुवै मृगौला फेल भएका उनि एक महिनादेखि वीर अस्पतालमा उपचारमा छन् । पैसा अभाबमा बालकेस समस्यामा परेको थियो । साहु बाट चर्को ब्जाजमा रिन काढेर काठमाडौ उपचारमा पुगेका बालकेस दमाइको उपचारमा आर्थिक समस्या भएको थियो ।
उनको अहिले दैनिक १ हजार भन्दा बढी खर्च भइरहेको छ । अलिअलि गाउँलेले चन्दा संकलन गरेर अहिले सम्म जेनतेन उपचार गरिरहेको आफन्तले वताएका छन् । डाक्टरको रिपोर्ट र सल्लाह अनुसार दुवै मृगौला फेल भएकाले तल्काल फेर्नु पर्ने बताएका छन् । बालकेसले भने औषधि किन्न देखी अन्य उपचारमा पैसा नहुदा उपचार नभएर मर्नुभन्दा अर्को बिकल्प नभएको थियो, अहिले सहयोग पाएपछि बाच्ने आश पलाएको वताए ।
बालकेसलार्ई एउटा मृगौला दिन उनकि श्रीमति तयार रहेकी छन् । एउटा मृगौला प्रत्यारोपण गर्न लाखौ खर्च लाग्ने भएकाले उनको उपचारमा समस्या भएको हो । बालकेस दलित तथा अति बिपन्न परिवार हुन् । अर्काको ज्याला मजदुर गरेर परिवार पाल्ने गरेका थिए । बालकेस नै बिरामी भएर जिवनमरणको दोसाधमा पुगेपछि उनको परिवार समेत निकै बिच्चलीमा परेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार