शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • युक्रेनको पूर्वी शहर इजियममा ४४० शव फेला

युक्रेनको पूर्वी शहर इजियममा ४४० शव फेला

  • शुक्रबार, भदौ ३१, २०७९
युक्रेनको पूर्वी शहर इजियममा ४४० शव फेला

युक्रेनी अधिकारीहरूले पूर्वी शहर इजियममा ४४० भन्दा बढी शवहरूको सामूहिक चिहान फेला पारेका बताएका छन् । उक्त सहर युक्रेनले रूसी सेनाबाट पुनः फिर्ता गरेको थियो ।

केही व्यक्तिहरू गोलाबारी र हवाई आक्रमणमा मारिएका एक क्षेत्रीय प्रहरी अधिकारीले बताए । प्रत्येक शवको फरेन्सिक अनुसन्धान गरिने खार्किभ क्षेत्रका प्रमुख प्रहरी अन्वेषक सेर्ही बोल्भिनोभले बताए ।

ति शव निर्दोष सर्वसाधारणको हुन सक्ने अनुमान गरिएको छ । पछिल्लो समयमा युक्रेनले यसअघि रुसले कब्जा गरेका महत्वपूर्ण क्षेत्रलाई पुनः फिर्ता गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार