शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बजार
  • सुनको मूल्य तोलामा ७०० रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ७०० रुपैयाँले घट्यो

  • बुधबार, भदौ २९, २०७९
सुनको मूल्य तोलामा ७०० रुपैयाँले घट्यो

बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै भाउ घटेको जानकारी दिएको हो।

मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ छ। हिजो छापावाल सुनको मूल्य ९३ हजार ५०० र तेजाबी सुनको ९३ हजार रुपैयाँ छ।

यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँ घटेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य ११ सय ७५ रुपैयाँ छ। हिजो मंगलबार यसको मूल्य ११ सय ८५ रुपैयाँ कायम थियो।

चर्चामा

सम्बन्धित समाचार