शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • बालबालिकाको हितका लागि जिम्मेवार बन्न प्रदेश प्रमुख शर्माको आग्रह

बालबालिकाको हितका लागि जिम्मेवार बन्न प्रदेश प्रमुख शर्माको आग्रह

  • मङ्लबार, भदौ २८, २०७९
बालबालिकाको हितका लागि जिम्मेवार बन्न प्रदेश प्रमुख शर्माको आग्रह

हेटौंडा : बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बालबालिकाको हितको सन्दर्भमा तीनै तहको सरकार जिम्मेवार हुनुपर्ने उल्लेख गरेका छन्।

‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नारासहित मनाइने ५८ औं राष्ट्रिय बाल दिवसका सन्दर्भमा प्रमुख शर्माले नेपालको संविधानले बालबालिकाको सर्वाङ्गीण विकासका लागि बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता जस्ता अधिकार व्यवस्था गरेको उल्लेख गरे।

प्रमुख शर्माले वर्तमानका साझेदार एवं भविष्यका कर्णधार मानिने बालबालिकालाई भोलिका दिनमा जिम्मेवार नागरिक बनाउन सम्बन्धित पक्ष लागि पर्न आह्वान गरे।

 बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बालबालिकाको हितको सन्दर्भमा तीनै तहको सरकार जिम्मेवार हुनुपर्ने उल्लेख गरेका छन्।
हरेक वर्षको भदौ २९ गते मनाइने राष्ट्रिय बाल दिवसलाई लक्षित गर्दै उनले नेपालले बाल अधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा अन्तर्राष्ट्रिय प्रतिवद्धता गरेको दिनलाई स्मरण गर्दै बालहितका सन्दर्भमा जिम्मेवार बन्न तीनै तहको सरकारलाई आह्वान गरेका हुन्।

‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नारासहित मनाइने ५८ औं राष्ट्रिय बाल दिवसका सन्दर्भमा प्रमुख शर्माले नेपालको संविधानले बालबालिकाको सर्वाङ्गीण विकासका लागि बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता जस्ता अधिकार व्यवस्था गरेको उल्लेख गरे।

प्रमुख शर्माले वर्तमानका साझेदार एवं भविष्यका कर्णधार मानिने बालबालिकालाई भोलिका दिनमा जिम्मेवार नागरिक बनाउन सम्बन्धित पक्ष लागि पर्न आह्वान गरे ।

चर्चामा

सम्बन्धित समाचार