बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • क्रिकेट
  • बझाङको‌ सुर्मा गाउँपालिकामा क्रिकेट टुर्नामेन्ट आयोजना हुँदै

बझाङको‌ सुर्मा गाउँपालिकामा क्रिकेट टुर्नामेन्ट आयोजना हुँदै

  • बुधबार, भदौ २२, २०७९
बझाङको‌ सुर्मा गाउँपालिकामा क्रिकेट टुर्नामेन्ट आयोजना हुँदै

अर्थ जङ्ग शाही/ बझाङ– बझाङको सुर्मा गाउपालीका –५ साइन टाउन ठिन्केमा खुल्ला स्तरीय क्रिकेट लगायत अन्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

हिन्दूहरूको महान चार्ड वडादशैँ २०७९ को सुवर्ण अवसरमा असाेज महिनाको ९ गते बाट यस साइन स्टार युवा क्लबले खुल्ला स्तरीय क्रिकेट लगायत अन्य सांस्कृतिक कार्यक्रम आयोजन हुने साइन स्टार युवा कलबका सदस्य सुनिल बोहराले बताए ।

जनक बहादुर जेठाराको अध्यक्षता उक्त कार्यक्रम हुनलागेको हो । तेस्तै कार्यक्रममा ठुलो रकमका दरले पुरस्कार दिने व्यवस्था पनी रहेको छ ।

प्रथम पुरस्कारलाई एक लाख दुई हजार उनासी र दोस्रो पुरस्कारमा बयालीस हजार उनासी दिने साइन स्टार युवा क्लबले बताएको छ । ईच्छुकहरुले छ हजार शुल्क बुझाएर टिम दर्ता असाेज ८ गते भित्रै गराउनुपर्ने बताएको छ । सम्पुर्ण खेलाडीहरुले तयारीमा लाग्न हुन सुचना मार्फत भनीएको छ ।

उत्कृष्ट खेलाडीका लागी प्रत्येक खेलमा म्यान अफ द म्याचका साथै म्यान अफ द सिरिजको व्यवस्था भएको साइन स्टार युवा क्लब अध्यक्ष जनक बहादुर जेठाराले बताए ।

चर्चामा

सम्बन्धित समाचार