शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • प्रचण्डले चुनाव हारे फेरी ‘जनयुद्ध गर्ने’?

प्रचण्डले चुनाव हारे फेरी ‘जनयुद्ध गर्ने’?

  • बुधबार, भदौ २२, २०७९
प्रचण्डले चुनाव हारे फेरी ‘जनयुद्ध गर्ने’?

सुरेशकुमार पान्डे — अहिले फेरी प्रचण्डले चुनाव हरेपछि जनयुद्ध गर्ने धाग धम्की दिएकाछन।के सांच्चै उनी फेरी बन्दुक लिएर जङ्गलमा पस्छन त?
मंगसिरको चार गतेको चुनावलाई जित्न उन्ले जनतालाई वार्गेनिङ्ग गरेका छन आखिर जनतालाई डराएर उनिहरूको बिचमा खौफ सिर्जना गराएर भयपनि उन्लाई चुनाव जित्नुछ।
उन्लाई थाहाछ यदी चुनाव हारेभने न त उन्ले बिदेशीहरूको दलालि गर्न सक्नेछन न देशभित्र कुनै कारोबार गर्न सक्नेछन।
हुन सक्छ उन्ले बिगतमा गरेका थुप्रै गैरकानुनी काम बाट थुपारेको अकुत सम्पत्ति पनि अक्तियारको दायरामा आउन सक्छ।
आफुले गरेको अप्रधको पनी सजायका लागी कानून् को कठ्घेरा सम्म पुराउन सक्नेछन।
अहिले जसरी मैले जनयुद्ध गरें के अप्राध गरें सत्रहजार मारेको होइन जम्मा पांच हजार मारेको हुं भन्दै खुल्लम खुल्ला हिंडेकाछन त्यो मात्रैहोइन देशमा सदियौं देखिको जातिय छुवाछुत बाट मुक्ती गरेको पनि मैंहुँ भन्छन।हारेपछि उनि कुनदुलोमा छिरेर जोग्गिन सक्लान?त्यसकारण जसरी भयपनि अहिले फेरी उन्ला नजिती नहुने बाध्यता छ।
त्यसको लागी आबस्याक परे राजा सँग पनि एकता गर्नेछन,बिदेशीको सक्यासम्म दलाली गर्नेछन र आफ्नो मात्रृत्वको समेत सौदा गर्न पछि पर्नेछैनन्।चुनाव जित्न जाबो धन त करडौं अरबौं खर्च गर्नसक्किन्छ तर जित्न भने अहिले त्यती सजिलो नहोला।
उन्ले त्यो पनि कयौं पटक स्विकारदै आएकाछन अहिलेको चुनाव बिगतका चुनाव जस्तै जित्न सजिलोछैन किन की अहिले जनताले माओवादी होइन उनिहरूलाई खाओवादी भन्छन। अब जनताले बुझि सकेकाछन तर अन्य राजनीतिक पार्टीले भने त्यो कुरा बुझ्न अंझै बांकी भयर होला उनिहरू सँग गठबन्धन गर्दैछन।
कसैले ढुब्न लागेको नाउमा बसेर बैतर्णि तर्ने जमर्को गर्दैछन कसैलाई भने देश जोगाउनुछ र यो आंशिक भयपनि जनाधिकार जोगाउलने जिम्मा कांधमा आएकोछ।त्यो मज्बुरिको फाइदा पनि यिनैले उठाउँनेछन।
आखिर जनताले के गर्ने?यता दलदल छ उता खाई छ’यो पुंजिवादी गणतन्त्रमा जनताले कस्लाई चुन्ने?जसलाई चुनेपनी सरखार बनाउँने त यिनैहुन कहिले एमाले सँग तालमेल,कहिले कांग्रेस सँग तालमेल गरेर भयपनि सरकारमा जाने आखिर यिनै हुन भन्ने जनतालाई लागेकोछ।
डरले थरथर परेर पनि त्यही डरको सवारी गर्नुपरेकोछ जनतालाई थाहाछ यो खतरा मेरै उप्र आउँनेहो तर पनि ‘आइजा बयल मलाई मार’भन्नै पर्ने बाध्यता जनताले महेसुर्स् गरेर यिनिहरूको आयु लामो भयको हो।
तर ‘सधैभरी खार्खोलामा बांको पलाउँने छैन’अहिले जनताहरू सचेत भयकाछन जनतालाई सधैभरी मगरमच्छको आंसु रोएर वा गधाले बागको लिवासमा आएको देखेर अब डराउँनेछैनन्।उनिहरूलाई थाहा भयो यो बाघको आबरणमा गफडीहरूको बसेराछ त्यसकारणले अहिले पहिले कहिल्य नभयको काम हुनक्छ।
नागरिकता बिधेयक पारित गराउँन प्रचण्डले खेलेको भुमिका कसैबाट लुकेकोछैन।रास्ट्रपतीले रोक्दा उनि जापान थिए त्यँहा बाट पनि राष्टपतीले रोक्नु गलतहो भन्दै धम्काएकाथिए।अहिले को सुक्रवार त्यो दुबै सदन बाट जस्ताको तस्तै त्यो पारित भैसकेकोछ।त्यसमा देशलाई दिर्घाकालीन रुपमा समस्य पर्ने छिमेक बाट बिहे गर्दा बित्तिकै नागरिकता पाउँने र हिंजो जसले जन्मको अधारमा नागरिकता पाएकाछन उनिहरूका आश्रृतले पनि बंशका आधारमा नागरिकता पाउँने आदी जस्ता प्रावधानले देश अलपमतमा पर्ने देखिन्छ।त्यो मात्रहोइन अंगिकृत नागरिकहरू देशभित्र सम्वेदनसिल पदहरूमा बसेभनी देशको सार्वभौमिकता र अखण्डताको समेत प्रखाल ढल्नेछ।
अहिले देशभित्र प्रचण्डको बोलवाला किन छ त्यसबारेपनि हामिले बुझ्नु पर्छ।प्रचण्डले सधैभरी झुठ बोल्ने जनतामा वार्गेनिङ्ग गर्ने र देशभित्र आतङ्क फैलाएर जनतामा खौफ सिर्जना गर्ने र बिदेशीहरूको ब्यापक दलाली गर्ने ब्यबहारले गर्दा अंझैपनि उनैको बोलवाला छ।तर त्यो धाग र धम्किले चुनाव जित्छौँ भन्नु गलत हुनेछ।
प्रचण्डले सधैभरी आफ्नो पार्टी सरकारमा छंदापनि वार्गेनिङ्ग गर्नेकाम गर्दै आएकाछन।
उन्ले बिगत मेरको चुनावमा पनि रेनु दहाललाई जिताउँन त्यस्तै प्रकारको धम्कि दिएका थिए।माओवादी जनयुद्ध ताकको धुकधुकी अहिलेपनी उनिहरूको मनसपटलमा जिवितनैछ।
प्रचण्ड मात्रा होइन डा.बाबुराम भट्टराईले समेत माओवादी मूलधारमा आएपछि आफ्नो सरखारकै पालामा पनि बिप्पा सम्झौता नगरे देश मर्ज हुनसक्ने धम्कि दिएका थिए।यिनिहरूको ब्यबहारले ओलिको प्रतिगामी ब्यबहारलाई पनि फिका बनाउन थालेको आभाष हुन्छ।
नागरिकता बिधेयकलाई पारित गराउँन पनि उनिहरूले सम्मानिय राष्ट्रपती ज्यु लाई पनि त्यो धम्की दिएकै हुन।अहिले उन्ले बारमबार आफुले नजिते फेरी जनयुद्ध लड्ने कुराहरू सार्वजनिक रूपमा भन्दै आएकाछन।हिंजो प्रतिगामि भनेर पल्ला झाडेको ओली अहिले यदी कांग्रेसले नमाने ओली सँग पनि चुनावी गठबन्धन गरेर जान सक्किन्छ भैन्दै पनि आएकाछन।त्यो मात्रै होइन बिगतमा राजमोलाई हराउन एमाले सँग तालमेल गरेको तित्तो सत्यपनि छंदैछ।
खास गरेर उनिहरूको जनयुद्धमा हाम्फालेका कयौं जिवित शिर्श नेताहरूले जहिलेपनि जनतामा वार्गेनिङ्ग गर्ने गर्दै आएकाछन तर यो ब्यबहारले अबको पालोमा जित हुनेछैन।

चर्चामा

सम्बन्धित समाचार