शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • देश
  • भुटानविरुद्ध नेपाल पहिलो हाफमा १-० ले अगाडि

भुटानविरुद्ध नेपाल पहिलो हाफमा १-० ले अगाडि

  • मङ्लबार, भदौ २१, २०७९
भुटानविरुद्ध नेपाल पहिलो हाफमा १-० ले अगाडि

काठमाडौं — साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलको पहिलो हाफको समाप्तीमा नेपालले भुटान विरुद्ध १-० अग्रता बनाएको छ ।

राष्ट्रिय टिम पुनरागमनमा सावित्रा भण्डारी ‘साम्बा’ गोल गरेपछि नेपालले १-० को अग्रता बनाएको छ । यसै खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेकी अमिसा कार्कीको पासमा सावित्राले १२ मिनेटमा गोल गरेकी हुन् । उनले झण्डै तीन वर्षपछि राष्ट्रिय टिमबाट खेल्दै गोल पनि गरिन् ।

गतवर्ष घुँडाको चोटका कारण सावित्राले घरेलु मैदानमा बंगलादेश विरुद्धको दुई मैत्रीपूर्ण खेल र उज्वेकिस्तानमा भएको एएफसी एसियन कप छनोटको दुई खेल गुमाएकी थिइन् ।

अमिसासँगै दिपा शाहीले पनि यसै खेलबाट राष्ट्रिय टिममा डेब्यु गरिन् । दुवै जना पहिलो पटक सिनियर टिममा परेका हुन् ।

ठूलो वर्षाका कारण मैदानमा पानी जम्दा पहिलो हाफमा नेपालले थप गोल गर्न सकेन ।

दशौं मिनेटमा हिरा कसमारी भुजेलले बक्स बाहिरबाट हानेको प्रहार पोष्टमा लागेर फर्किएको थियो । साफमा भुटान तुलानात्मक रुपमा कमजोर टिम भए पनि १२ दिनअघि नै नेपाल आएर तयारी गरेको थियो ।

भुटानले पनि पहिलो हाफमा गोल गर्नै एउटा अवसर गुमायो । ३६ मिनेटमा पुनम जर्घामगरले लुज गरेको बलमा भुटानकी कप्तान पेमा छोडेन छिरिङको क्रसमा सुनिता राईले पोष्टमा प्रहार गर्न सकिनन् बल बाहिरियो ।

चर्चामा

सम्बन्धित समाचार