शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • क्यानडामा चक्कु हानेर १० जनाको हत्या, १५ घाइते

क्यानडामा चक्कु हानेर १० जनाको हत्या, १५ घाइते

  • सोमवार, भदौ २०, २०७९
क्यानडामा चक्कु हानेर १० जनाको हत्या, १५ घाइते

काठमाडौं —  क्यानडामा चक्कु प्रहार गरी १० जनाको हत्या भएको छ । १५ जना घाइते भएका छन् ।

क्यानडाका अलग–अलग १३ स्थानमा श्रृंखलाबद्ध चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट १० जनाको मृत्यु र १५ जना घाइते भएको सेन्ट्रल सस्केचेवान प्रान्तको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

हमलामा ३१ वर्षीय डेमिइन स्यान्डर्सन र ३० वर्षीय मिल्स स्यान्डर्सन संलग्न रहेको भन्दै प्रहरीले फोटो सार्वजनिक गरेको छ । उनीहरुको आक्रमणको उद्देश्य खुलेको छैन ।

उनीहरु कालो कार चढेर भागेको र पक्राउ गर्नका लागि खोजी अभियान चलाइएको प्रहरीले जनाएको छ । हतियार बोकेका उनीहरुलाई प्रहरीले खतरनाक भनेको छ ।

त्यसैले प्रहरीले स्थानीयवासीलाई घर भित्रै रहन सूचित गरेको छ । प्रहरीले ट्वीट गरेर भनेको छ, ‘सुरक्षित स्थानबाट बाहिर ननिस्किनुस् र सतर्कताका लागि घरमा अरु कसैलाई आउन नदिनुस् ।’ प्रहरीले चालकहरुलाई पनि कसैलाई लिफ्ट नदिन भनेको छ । प्रहरीले विभिन्न स्थानमा चेक प्वाइन्ट राखेर चेकिङमा कडाइ गरेको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यस आक्रमणलाई भयावह भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले ज्यान गुमाएकाका आफन्तप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार