बिहिबार, बैशाख ६, २०८१

हाम्रो समाज!

  • शनिबार, भदौ १८, २०७९
हाम्रो समाज!

सुरेशकुमार पान्डे — हाम्रो समाजको खुबी कतिछन कती बखान गरेर साध्य छैन नाचनु परे दिनभरी पनि नाच्छन,गित पनि जानी नजानी खुबै गाउँछन,भाषन गर्न पय्रो भने घन्टौं भाषन पनि गर्छन नेताहरूले,लडाई गर्नु पय्रो भने आपसमा एकले आर्कोलाई न मर्दा सम्म लड्छन।लेख रचनाहरू मिठा मिठा मरमसला लगाएर क्रान्तिकारी लेखहरू बजार भरि ठुलाठुला ग्रन्थहरू लेख्छन।
नेपालीहरू यति बफादार हुन्छौँ आफुले कामगर्ने ठाउमा आफ्नै साख्खै भाइले अड्चन वा कुनै नोक्सान पुराउन थाल्यो भने मालिकको हितमा आफ्नै भाइलाई पनि कुट्छन।
आर्काको देश जोगाउन आफ्नो ज्यान गुमाएका थुप्रै उधारणहरू छन।उपरोक्त खुबिहरू भयका हामी नेपालीहरूमा एउटा मुख्य कमी केछ होला? हजारौं खुबीहरू भयका हामी विर गोर्खालीका कमीहरू भन्नैपर्दा प्रथम आपसमा छुवाछुत जातिय बिभेद अहिले सम्म हाम्रो बिचमा बिद्धवान छ त्यसलाई हामिले चाहेर पनि हटाउन सकेकाछैनौं।
पुरानो सडेगलेको बुजुर्वा संस्कारले अंझैपनि हाम्रो मन मष्तिकमा घर जमाएकोछ त्यसबाट हामी स्वतन्त्र वा मुक्त हुन सकेका छैनौँ।रूढीवादी परमपराले अहिले पनि हाम्रो समाजलाई दुसित बनाएकोछ।
जस्मा परायजसो महिंला सँग समबन्धित छन महिंलाले महिँलालाई बोक्शिनी भनेर ह्याप्ने पर्था अहिलेपनी चलनचल्तिमै देखिन्छ।जब की बोक्शि के हो?त्यसलाई कसरी प्रयोग गरिन्छ यसको बिधी केहो भन्ने बारे न त समाजमा कुनै ब्याक्तिलाई थाहाछ।यो झांक्री र बोक्सीको उदय कसरी भयो भन्नेवारे अहिले पनि हाम्रो समाज अनभिज्ञा छ।मानिसले जँहा आफ्नो बल र बुद्धीले भ्याउँन सक्दैन त्यँहा यस्तो चमत्कारको उत्तपती हुनेगर्छ।
त्यही प्रकारले आर्को समाज भित्र देखा परेको छाउपिडी पर्था वास्तविक रूपमा महिंलाहरू सबैलाई हुनैपर्ने माशिक धर्म यो नहुँदा सम्म कुनैपनि महिंला गर्भ बति हुन सक्दैन भन्ने सदियौं देखून मानव समाजको उत्तपती भय देखून हुंदै आएको भोग्दै आएको बिषयहो।यस्तो मानव समाजको ऐतिहाशीक र आधारभूत बिषयलाई पनि खेलचारी गर्छन।मासिक धर्म भयका महिंलाहरूलाई छुट्टै बसाल्ने प्रकृया सँग मतभेद भन्दा पनि उनिहरूलाई चिसोमा घरबाट टाडा छाउ गोठ बनाएर पराल बिच्छाएर राखेका वा उनिहरूको हेरदेखमा ला-पर्वाही गर्ने जुन ब्यबहारहो त्यो गलत हो।जो सूदुर पश्चिम तर्फ अहिलेपनि त्यो सर्वत्र देखिन्छ।
आर्को महिंलाहरू जब बिधुवा हुन्छन त्यसपछी त्यो सेतो पहिरनमा बस्नै पर्ने ब्यबहारलाई पनि ठिक भन्न सकिदैन।उनिहरूले आफ्नो खुसी पहिरीन नपाउँनु पनि गलत हो।महिंला र पुरूष एउटा रथका दुई पांग्रा हुन्छन उनिहरू दुबै बिना यो जराचर जगतमा मानव श्रृठीको कल्पना गर्नै सकिदैन यो अबस्थामा महिंलाहरू लाई मात्र यो बन्देज किन?पुरूश प्रधान सामाजमा महिंलाहरू गर्भै देखुन मानिसको अधिकार बाट वंचित हुन पुगेका हुन्छन।
छोरा जन्मिने कोख बाट जन्मिएका तमाम महिंलाहरू समाजमा सम्पत्तीबाट वेदख्खल र वांचित हुन्छन।उनिहरूलाई समपत्तिको समान अधिकारको लागी लड्दा लड्दै आफ्नो ज्यान गुमाउँनुपर्छ।तरपनि हामिले आफ्ना छोरीहरूलाई सम्पत्ती दिन सकेकाछैनौं।अहिले महिंलाहरूलाई सती जानुपर्दैन तर भोग्दै आएका अत्याधिक पिढा सति जानेजस्तै भयंकर छन।समाजमा नाहबालिक किसोरीहरूमा साररिक मानसिक सोशण बलात्कार पछि उनिहरूको जघन्या हत्या हुंदै आएको छ।उनिहरूको पक्षमा केही दिन बुद्धिजिविहरूले आवाज उठाउँछन तर त्यो सार्थक हुनसक्दैन।
दुनियाँ चन्द्रमा सम्म पुगे त्यँहा मंगल गरह पत्ता लगाए तर हाम्रो समाज अहिले पनि मरेपछी स्वर्गमा जाने कल्पना र बिस्वासमा छन।
आफ्नो देशलाई कसरी अगाडी बढाउँने कसरी देशमा बिकास हुन्छ र देशले अरू देशको जस्तै विस्वमा प्रदिसप्रधा गर्न कसरी सक्छ त्यो राजनीति बिजन हामी सँग छैन।मात्र सत्ता कसरी हात पार्ने र बिदेशीको दलाली गरेर कसरी सत्ता टिकाउँने अथवा के दिएर बिदेशीको मन जित्ने कुन चिजमा बढी कमिसन प्राप्त हुन्छ त्यसरी कुन दल सँग मिलेपछी बढी सिट प्राप्त गर्न सकिन्छ भन्ने बारेमा मात्र सोंचेका हुन्छन।
बहुदलिय ब्यबस्थामा जनताले सुःख सुबिधाको अत्याधिक आशा गरेका थिए तर बहुदलिय ब्यबस्था आएपछी देशमा बढी बिदेशीको हश्तक्षेप भयको कुरा ठिक सांचो हो।बहुदलिय ब्यबस्था आएपछी राजनितिक दलहरूले बिदेशीको नाङ्गो रूपमा दलाली गर्दै आएकाछन त्यसैको परिणाम आज देश साम्राज्यवादीहरूको चङ्गुलमा फस्दै गयकोछ।बहुदलिय ब्यबस्था अथवा गणतन्त्र सँगै संघियता भित्रियो जो देशको लागि सबैभन्दा ठुलो अबिसाप भयको कुरा कसैबाट लुकेकोछैन।
संघियताले हाम्रो देशलाई बिखन्डन र आर्थिक अबस्थामा डांबाडोल गरायो।संघियता आउनु भनेको हाम्रो देशलाई बिदेशी भित्राउँने र देश टुक्राउंने एउटा सजिलो आधार भयो।साथै देशलाई अती खर्चिलो ब्यबस्था भिराएर देश नाङ्गेझार पार्ने हतियारपनि संघियता भयकोछ।
त्यसपछी अमेरिकी साम्राज्यवादले एमसीसी भित्राउलन सफल भयकोछ यसको परिणाम भयानक हुनेछ त्यो छिट्टै देखा पर्छ।
अहिले नागरिकता बिधायक आएकोछ जसले देशलाई शान्तिपुर्वक तवरले सिक्किम बनाउँने छ किन की देशमा नेपाली मुलका नागरिकहरू अल्पमत पर्ने यो सबैभन्दा सजिलो माध्याम हो।
यस्ता अत्यान्तै सम्बेदनसिल बिषय बस्तुको देशका जनताले जोडदार रूपमा पार्टी भन्दा माथि उठेर बिरोध गर्न सकिनन्।
एउटा अवसरबाद नेतालाई सत्तामा पुराउन भाई भाई लड्न सक्छन तर त्यो अबसरबादलाई सत्ताच्युत गर्न भाई भाईको एकता हुन सक्दैन्।
यो भन्दा दुःख र बिडम्बनाको बिषय के हुन सक्छ? हाम्रो समाजको।

चर्चामा

सम्बन्धित समाचार