शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाचार
  • कोरोनाबाट एकै दिन तीन जनाको मृत्यु

कोरोनाबाट एकै दिन तीन जनाको मृत्यु

  • शुक्रबार, भदौ १७, २०७९
कोरोनाबाट एकै दिन तीन जनाको मृत्यु

काठमाडौं — कोरोनाभाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर दुई हजार ८६९ नमुना परीक्षण गर्दा २०६ जनामा कोरोना देखिएको छ। जसमध्ये एक हजार ५९५ जनाको पीसीआर परीक्षण गर्दा १३४ जनामा र एक हजार २७४ जनाको एन्टिजन परीक्षण गर्दा ७२ जनामा कोरोना पुष्टि भएको हो।

त्यस्तै, आज कोरोनाबाट तीन जनाले ज्यान गुमाएका छन्। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार पाँच पुगेको छ। पछिल्लो २४ घण्टामा ३९८ जना निको भएका छन्। यससँगै सक्रिय संक्रमितको संख्या पनि दुई हजार ८९१ मा झरेको छ।

चर्चामा

सम्बन्धित समाचार