बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • क्रिकेट
  • केन्याविरुद्ध खेल्दै नेपाल, रोहितले कप्तानी गर्ने

केन्याविरुद्ध खेल्दै नेपाल, रोहितले कप्तानी गर्ने

  • शुक्रबार, भदौ १७, २०७९
केन्याविरुद्ध खेल्दै नेपाल, रोहितले कप्तानी गर्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शुक्रबार घरेलु टोली केन्याविरुद्धको एकदिवसीय सिरिज अन्तर्गत पहिलो खेल खेल्दैछ । आजको खेलमा नेपालको कप्तानी रोहित कुमार पौड्यलले गर्ने भएका छन् । राष्ट्रिय टोलीका उप–कप्तान रोहितले एकदिवसीय सिरिज कप्तानी गर्ने भएका हुन् ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने नेपाल र केन्याबीचको खेल दिउँसो १२ः४५ बजे सुरु हुनेछ । अजाको खेलमा जित निकाल्दै नेपाल एकदिवसीय सिरिजमा सुखद सुरुआतको योजनामा हुनेछ । केन्याविरुद्धको टी–ट्वान्टी सिरिज जितेको नेपाल एकदिवसीय सिरिज पनि जित्ने योजनामा छ ।

नेपालले यसअघि केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो । यता केन्या पनि एकदिवसीय सिरिजमा विजयी सुरुआत गर्न चाहन्छ । केन्याविरुद्धको एकदिवसीय सिरिजमा रोहितको कप्तानीमा खेल्ने भएको हो । नेपालका कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज पुग्दा रोहितले कप्तननी गर्ने भएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार