शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • संसारकै तातो सहर ज्याकोवावाद जलमग्न

संसारकै तातो सहर ज्याकोवावाद जलमग्न

  • शुक्रबार, भदौ १७, २०७९
संसारकै तातो सहर ज्याकोवावाद जलमग्न

एजेन्सी — मे महिनामा ५० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम मापन भएको संसारकै तातो सहर ज्याकोवावाद अहिले बाढीको पानीले जलमग्न छ। तीन महिनाअघि जुन सहरका नहरहरु उच्च गर्मीले सुकेका थिए। अहिले बाढीको पानीबाट बच्न सुरक्षित शिविरहरुमा बसिरहेका छन्।

मे महिनामा तातो लहरका कारण मानिसहरु ढलेको दुई लाख बासिन्दाको यस सहरमा यस पटकको बाढीले कम्तिमा १९ को ज्यान लिइरहेको छ। मर्नेमा बालबालिका पनि रहेको अधिकारीले बताएका छन्। बाढीले घाइते भएका र बाढीपछि फैलिएका रोगको उपचारका लागि कयौं मानिस अस्पताल भएका रिपोर्ट आइरहेका छन्। बाढीले विस्थापित भएका चालिस हजारभन्दा बढी मानिसहरू अस्थायी आश्रयहरूमा बसिरहेका छन्।

अधिकांश मानिस गरिबीमा बाँचिरहेको ज्याकोवावादमा जलवायु परिवर्तनसँग जोडिएका विषम मौसमी परिघटना दोहोरिने गरेका छन्। यस वर्षको सुरुमा वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय टोली वल्र्ड वेदर एट्रिब्युसन समूहले गरेको एक अध्ययनले जलावायु परिवर्तनका कारण पाकिस्तानमा गर्मीको लहर ३० गुणा बढी तिव्र बन्न थालेको पत्ता लगाएको थियो।

युनिभर्सिटी अफ रिडिङका जलवायु वैज्ञानिक लिज स्टेफन्सका अनुसार पछिल्लो बाढीहरु विश्वव्यापी उष्णताले बढाएको बताए। त्यो कारणले गर्दा न्यानो वातावरणले बढी आर्द्रता राख्न सक्छ, जुन अन्ततः भारी वर्षाको रूपमा फैलिन्छ। ज्याकोवावादमा स्थानीय स्वास्थ्य, शिक्षा र विकास अधिकारीहरूले ऐतिहासिक स्तरको गर्मी पछिको ठूलो बाढीले महत्वपूर्ण सेवामा अवरोध पुगेको बताए।

मे महिनामा गर्मीको लहरबाट प्रभावितको उपचारको लागि गठित आपतकालीन प्रतिक्रिया केन्द्रहरू स्थापना गर्ने अस्पतालहरु अहिले बाढीमा घाइते भएका व्यक्तिहरू र पेट तथा छालाजन्य रोगबाट पीडितको उपचारमा संलग्न भएका छन्। ज्याकोवावादको मौसम विज्ञान कार्यालयका प्रमुख अधिकारी रिजवान शेखले मे महिनामा ५१ डिग्री सेल्सियस (१२३.८ फरेनहाइट) उच्च तापक्रम रेकर्ड गरेका थिए।

अहिले उनी सहरमा परिरहेको भारी वर्षाको मापन गर्दैछन्। पाकिस्तानमा मनसुन सिजन सकिन अझै दुई हप्ता बाँकी रहेकाले मानिसहरु अझै चिन्तित छन्। ‘सबै जिल्ला निकै तनावपूर्ण अवस्थामा छन्,’ शेखले भने।

चर्चामा

सम्बन्धित समाचार