शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बजार अनुगमन अखाद्य बस्तु नष्ट

बजार अनुगमन अखाद्य बस्तु नष्ट

  • बिहिबार, भदौ १६, २०७९
बजार अनुगमन अखाद्य बस्तु नष्ट

बाजुरा — बुढीगंगा नगरपालिका अन्तरगत साफे मार्तडी सकड खण्डमा पर्ने मुख्य बजारको अनुगमन गरिएको छ ।
बुढीगंगा नगरपालिका र घरेलु तथा साना उद्योग बिकास समतिको आयोजना जिल्ला प्रशासन कार्यालयको समन्वयमा बुधबार बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले बताए ।

साफे मार्तडी सडक अन्र्तगत मुख्य बजारहरु रिठा बजार, बेलामाण्डौ बजर, बाम्का बजार, फालासेन र ताँप्रीसेरा लगाएतका बजारहरुमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा फेला पारिएका म्याद सकिएका अखाद्य बस्तु घर निर्माण गर्दा प्रयोग हुने पेन्ट गैर कानुनी रुपमा बिक्रि बितरण गर्दै आएको मदिरा अबैध घरेलु मदिरा लगाएतका ४६ हजार ५ सय ५० रुपैया बढीका सामान फेला पारेर नष्ट गरिएको विष्टले बताए ।

बुढीगंगा नगरपालिकाका उपप्रमुख माया खड्का कुवरका अनुसार साफे मार्तडी सडक अन्र्तगत बजारहरुका विभिन्न किराना पसल, मदिरा पसल हाडवयर, औषधि पसल, कपडा पसल तथा होटेलहरुमा अनुगमन गरिएको बताए ।
कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको कुवरले बताईन । व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको उनले बताईन ।

बुढीगंगा नगरपालिकाकी उपप्रमुख माया खड्का कुवरको संयोजनमा सहयाक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्ट, प्रहरी निरिक्षक गिन्द्र बोगटी, बुढीगांगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत्त नरेन्द्र नाथ , स्वाथ्य संयोजक दिपक शाह, टोलीमा रहेका छन् ।
त्यसै गरी शसस्त्र प्रहरीकाबाट जगदिश बिष्ट, स्वास्थ्य कार्याल्यबाट लालबहादुर खड्का, घरेलु तथा सानाउद्योगबाट पदम ऐर, पत्रकार महासघबाट पदमबहादुर सिंह, प्रेम रौले लगाएत अन्य सुरक्षाकर्मीहरु लगाएतको टोलि रहेको थियो ।

अनुगमनका क्रममा अधिकाँस ब्यापारीहरुले ब्यबसायी दर्ता नबिकरण मुल्य सूची बिल जस्ता कुराहरु नगरको पाईएको अनुगमन टोलीका संयोजगक तथा नगर उपप्रमुख माया खड्का कुवरले बताईन ।
सबै ब्यबसायीहरुलाई यो महिना भित्र नगरपालिकामा आएर ब्यावसायी दर्ता गराउनको लागि निबेदन दिन जानकारी दिएको कुवरले बताईन ।
यो पहिलो पटक भएकोले सबै ब्यापारीहरुलाई दर्ता नबिकरणको लागि सुझाव र जानकारी दिएको दोस्रो पटक अटेर गरेको पाईएमा कानूनी कार्बाही अगाडी बढाउने बताईन ।

चर्चामा

सम्बन्धित समाचार