बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाचार
  • दशैं नजिकिए सँगै सदरमुकाम चैनपुरमा बजार अनुगमन:भेटियो दालमा स्याउंस्याउंती किरा

दशैं नजिकिए सँगै सदरमुकाम चैनपुरमा बजार अनुगमन:भेटियो दालमा स्याउंस्याउंती किरा

  • बुधबार, भदौ १५, २०७९
दशैं नजिकिए सँगै सदरमुकाम चैनपुरमा बजार अनुगमन:भेटियो दालमा स्याउंस्याउंती किरा

अर्थ जङ्ग शाही/बझाङ — जिल्ला प्रशासन कार्यालय बझाङले सदरमुकाम चैनपुर बजारमा अनुगमनमा तिव्रता दिएको छ ।

जिल्लाकाे जयपृथ्वी नगरपालिकामा रहेको सदरमुकाम चैनपुर बजारमा अनुगमन गरिएको हाे । सहायक प्रमुख जिल्ला अधिकारी प्रमाेद चनकाे नेतृत्वमा गरिएको बजार अनुगमन चैनपुरकाे मल्लाे बजारमा गरिएको थियाे ।

बझाङमा अनुगमनमा तिव्रता दिएपनि केही पसलहरुमा खाद्यान्न देखि अन्य दैनिक उपभाेग्य सामाग्रीहरु म्याद गएको र खाद्यान्नमा किरा परेको पाईएकाे घरेलुका कर्मचारी दशरथ जप्रेलले बताए । आज गरिएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय घरेलु कार्यालय र नगरपालिका प्रहरी प्रशासन सहितकाे टाेली रहेको थियाे ।

अनुगमनमा म्याद गएका स्वयबिन,बिस्कुट ,चाउचाउ किरा परेका दालहरु गरि करिव लाखौंको सामाग्री बरामद गरिएको हाे । दशै निजिदै गए सँगै प्रशासले अनुगमनमा तिव्रता दिएको छ । ३ पटक सचेत गराएको भन्दै आगामी अनुगमनकाे क्रममा यस्तो भेटिए जरिवाना सहित कार्वाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी प्रमाेद चनले बताए

चर्चामा

सम्बन्धित समाचार